प्राधिकरणकाे २ विधेयक फिर्ता भएपछि हवाइसेवा संञ्चालक संघले जनायो विरोध



काठमाडौं । नागरिक उड्डयन प्राधिकरणलाई टुक्राउनका लागि तयार गरिएका दुई विधेयक प्रतिनिधि सभाबाट फिर्ता गरिएकोमा नेपाल वायुसेवा संचालक संघले विरोध जनाएको छ ।

फागुन १८ गते बसेको प्रतिनिधि सभाको बैठकमा ‘नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक २०७६’ र ‘नेपाल हवाई सेवा प्राधिकरण विधेयक २०७६, प्रस्ताव गर्ने पेश गर्ने कार्यसूचि भए पनि दर्ता नगरी विद्येयक फिर्ता गरिएको भन्दै विरोध जनाएको हो ।

युरोपियन युनियनले नेपालको हवाई सेवालाई लामो समयदेखि कालोसूचीमा राखेको छ । नेपालमा हवाई सेवा सञ्चालन र नियमन गर्ने दुबै निकाय एउटै भएकाले कालोसूचीबाट हटाउन सुझाव दिएको थियो । सोही सुझावका आधारमा प्राधिकरणलाई टुक्राउन पूर्व पर्यटनमन्त्री योगेश भट्टराईले राष्ट्रिय सभामा दुई विधेयक दर्ता गरेका थिए ।

तर, अहिलेको सरकारले प्रस्ताव पेश नगरि फिर्ता भएको भन्दै संघले आपत्ति जनाएको छ । नेपाल वायुसेवा संचालक संघका अध्यक्ष रामेश्वर थापाले सरकारले नागरिक उड्डयन प्राधिकरणलाई टुक्राउनका लागि तयार गरिएका दुई विधेयक प्रतिनिधि सभाबाट र्फिता गरेर पर्यटन व्यवसायलाई धरासाही बनाउन खोजेको आरोप लगाए । उनले सरकार पर्यटन क्षेत्रलाई माथि उठाउने भन्दा पनि पर्यटन विकासको लागि आवश्यक नीतिहरु नल्याएर समग्र पर्यटन उद्योगलाई समाप्त पार्ने खोजेको बताए ।

युरोपियन युनियनले नेपालको हवाई सेवालाई लामो समयदेखि कालोसूचीमा राखेकाले यो वर्ष कालोसूचीबाट निकाल्ने आशा लागे पनि सरकारको कामले आशा मर्दै गएको अध्यक्ष थापाले उल्लेख गरे । अध्यक्ष थापाले एक दुई जना व्यक्तिहरुले प्राधिरकणमा ताल्चा लगाउँछु भन्दैमा संसदबाट विद्येयक फिर्ता गर्नु समग्र पर्यटन विकासलाई अधोगति तिर लान खोज्नु भएको स्पष्ट पारे । उनले नेपाल वायुसेवा संचालक संघ पर्यटन क्षेत्रमा काम गर्ने संस्थाहरुसँगको सहकार्यमा सरकारसँग छलफल गर्ने बताए । नेपालको पर्यटनको विकास आन्तरिक पर्यटनले नभएर विदेशी पर्यटक आएर डलर खर्च गरेमात्रै हुने अध्यक्ष थापाको भनाइ छ ।

‘प्रधानमन्त्री नेपालको प्रर्यटन व्यवसायलाई कसरी माथि उठाउने भन्ने विषयमा चिन्तित हुुनुहुन्छ । विभागिय मन्त्री पनि चिन्तित हुनुहुन्छ । अब पर्यटन उद्योगीहरु अझ बढी चिन्तित भएका छौं । यति पर्यटन विकासको लागि राम्रो काम सरकारबाट भइरहेको छ भने कुनै बहसको विषय गर्नु भएन’ उनले भने ‘प्रतिनिधि सभामा जाँदै गरेको हवाई सम्बन्धि ऐनलाई सरकारले र्फिता माग्यो । भनेपछि सरकारले नेपालको पर्यटन व्यवसायलाई धरासाही बनाउन खोज्दै छ भन्ने हामीलाई लागेको छ । वायुसेवा संञ्चालक संघ सबैसँग छलफल गर्न तयार छौं ।’

नेपालको एविसीन उद्योग मात्रै नभएको भन्दै एविसीन उद्योग एउटा परिपुरक मात्रै भएको उनले बताए । समग्र पर्यटन व्यवसायलाई धरासाही गर्नको लागि सरकार अगाडि बढ्यो भन्ने हिसाबमा भन्न सकिने उनकाे भनाइ छ । ‘पर्यटन व्यवसाय भनेको म एक जना पोखरा गएर व्यवसा बढ्ने होइन । त्यो आन्तरिक पर्यटन व्यवसाय हो । यसरी नेपालको पैसा नेपालमा नै खर्च हुने हो । तर हामीले नेपालमा पर्यटनक ल्याएर बाहिरको पैसा जम्मा गरौ । बाहिरको डलर कमाउन । विदेशी पाउनाले नेपालको बारेमा राम्रो भनुन’ उनले भने ‘नेपालमा आएर पैसा खर्च गरुन । त्यो हो पर्यटन व्यवसाय । अहिले हाम्रो योजना अनुसार नै युरोपियन कमिसनले सुरक्षित सूचिबाट निकाल्छ । भन्ने आशामा थियौं ।’

एक दुई जनाले प्राधिरकणमा ताला लगाउँछु भनेको भरमा प्रतिनिधिसभामा पेश हुँदै गएको प्रस्तावलाई फिर्ता गरियो भने मात्रै नभएर सरकारले नेपालको समग्र पर्यटन विकासको अधोगति तिर सोचेको उनको भनाइ छ । ‘हामी यस विषयमा केही गर्दैनौं । यो विषयमा आवाज उठाउँछौं’ उनले भने ‘होटल एशोसिएशन संघ,टान, हान लगायतका पर्यटन क्षेत्रका संस्थाहरुसँग एक ठाउँमा बस्छौं । यो विषयमा सरकारले गरेको काम सहि छ भनेर बहस गर्न चाहान्छौं । सरकारसँग बहस गर्न चाहान्छौं ।’

अध्यक्ष थापाले प्रधानमन्त्री शेरबहादुर देउवा र पर्यटनमन्त्री प्रेम आले पर्यटन उद्योगका विषयमा चिन्तित भए पनि विद्येयक फिर्ता गर्ने काम गलत गरेको बताए । ठूलो मानवीय क्षती हुनसक्ने जोखिम रहेको भन्दै नेपालको हवाई सेवा नियमन र सेवा प्रदायक कार्यहरु एउटै संस्थाले गर्ने नहुने अन्तर्राष्ट्रिय नागरिक उड्ड्ययन संघ (इकाओ) र यरोपियन युनियनको मान्यता अनुसार नेपाललाई कालोसूचिमा राखेको छ ।

प्राधिकरणबाट नियमन र सेवा प्रदायक निकाय छुटै बनाउने विगत लामो समय देखिको बहस चलेर संसदबाट ऐन पारित भएको छ । तर प्रधाकरणका कर्मचारीहरुको विरोधका कारण संसदमा प्रस्ताव जान सकेको छैन । नेपाल कालो सूचीबाट पनि हट्न सकेको छैन । नेपाली वायुसेवाका विमानहरु युरोप उडान गर्न पाएको छैन । सरकारले नागरिक उड्डयन प्राधिकरणलाई टुक्राउनका लागि तयार गरिएका दुई विधेयक संसद्लेपारित भएसँगै प्राधिकरण टुक्राउनका लागि बाटो खुल्ने बताइएको छ ।


क्लिकमान्डु