खर्बपति विनोद चौधरीको आत्मकथा मंगोलियन भाषामा



काठमाडौं । चौधरी ग्रुपका अध्यक्ष एवं ख्यातिप्राप्त उद्योगपति विनोद चौधरीको आत्मकथा अंग्रेजी संस्करण ‘मेकिङ्ग इट बिग’ मंगोलियन भाषामा प्रकाशित भएको छ । यसअघि चौधरीको आत्मकथा नेपाली, अंग्रेजी, हिन्दी, सर्वियन, रसियन भाषामा प्रकाशित भइसकेको छ ।

नेपालमा वेस्ट सेलर रहेको चौधरीको आत्मकथा अंग्रेजी भाषाका पाठकले पनि निकै मन पराएका छन् । विश्वब्यापी पाठकका लागि अमेजनमा समेत यो पुस्तक उपलब्ध रहेको छ ।

नेपाली पाठकका लागि देशभरका अधिकांश पुस्तक पसलमा यो पुस्तक उपलब्ध रहेको छ भने किताव यात्रामार्फत अनलाईन अर्डर गर्न सकिने व्यवस्था छ ।

मंगोलियन भाषाको पुस्तक मंगलबार एक कार्यक्रम बीच सार्वजनिक गरिएको छ । राजनीतिक र आर्थिकरुपमा पिछडिएको मुलुकका रुपमा चिनिएको नेपालमा जन्मिएर विश्वब्यापी व्यवसाय विस्तार गर्दै फोब्र्ससम्मको यात्रा तय गरेका चौधरीको सफलताको कथालाई विश्वब्यापी रुपमै उत्सुकताका साथ पढिएको छ ।

मंगोलियन भाषाका पाठकहरूका लागि आफ्नो आत्मकथा सार्वजनिक गर्न पाएकोमा लेखक चौधरीले खुसी व्यक्त गरेका छन् ।

मंगोलियन भाषाको पुस्तक सार्वजनिक गर्दै चौधरीले कथा वा विषयवस्तु जेसुकै भएपनि आम पाठकसम्म नपुगेसम्म त्यसको अर्थ नहुने भन्दै विद्यार्थी, नीतिनिर्माता, प्राध्यापक, सार्वजनिक पुस्तकालय र विश्वविद्यालयसम्म आमरूपमा पुस्तक सहज उपलब्ध गराउन राम्रो वितरण सञ्जाल तयार गरेकोमा मंगोलियन प्रकाशकलाई धन्यवाद दिए ।

चौधरी निकट भविष्यमा मंगोलिन पाठकहरूसँग प्रत्यक्ष उपस्थित भई अन्र्तक्रिया गर्ने आफ्नो चाहना पनि व्यक्त गरेका छन् ।

चौधरी नेपाली कांग्रेसको केन्द्रीय सदस्यका रुपमा पछिल्लो समय राजनीतिमा सक्रिय छन् ।


क्लिकमान्डु