एमसीसीबारे भ्रम चिर्न कांग्रेसले निकाल्यो ५० पृष्ठको पुस्तिका (पूर्णपाठ)



काठमाडौं । नेपाली कांग्रेसले एमसीसीबारे बजारमा फैलिएको हल्ला चिर्न र जनतालाई यथार्थ जानकारी गराउने उदेश्यले पुस्तिका सार्वजनिक गरेको छ ।

संसदबाट पास भएको एमसीसी सम्झौताको जनस्तरमा तीव्र विरोध भइरहेको छ । देशका बामपन्थी शक्तिहरुले विरोध गरेपछि एमसीसीबारे जनस्तरमा अनेकौं भ्रम फैलिएको छ ।

आफ्नै पार्टीका कार्यकर्ता र आम जनतामा रहेको भ्रम चिर्न एमसी सम्झौता के हो ? यो कसरी नेपालको हितमा छ ? यसले रणनीतिकरुपमा नेपाललाई के कस्ता फाइदाहरु पुर्याउँछ ? अहिले विरोध गर्ने कुन कुन नेताहरु कहिले कहिले एमसीसी सम्झौता अघि बढाउने प्रक्रियामा संलग्न भएका छन् त्यसको प्रमाणसहित प्रस्तुत गरिएको छ ।

एमसीसीको चर्को विरोध गरेर सस्तो लोकप्रियता कमाएका एमाले नेता भीम रावल पनि एमसीसी सम्झौता अघि बढाउने मन्त्रिपरिषदमा रहेको र त्यसबेला उनले पनि एमसीसीको समर्थन गरेको पुस्तिकामा उल्लेख गरिएको छ ।

पुस्तिकामा एमसीसीबारे भ्रम छरेर आफू हिरो बन्न खोज्नेहरुको पर्दाफास गरिएको छ । कांग्रेसका युवा नेताद्धय प्रताप पौडेल र महेश दुलालले एमसीसी अनुदान सहायता सम्झौताः भ्रम र यथार्थ नामक पुस्तिका लेखेका हुन् ।


क्लिकमान्डु