भोलिदेखि सवारी चालक अनुमति पत्रको आवेदन बन्द हुने



काठमाडौं । यातायात व्यवस्था विभागले सवारी चालक अनुमतिको आवेदन भोलिदेखि बन्द गर्ने भएको छ ।

विभागका अनुसार हालसम्म परेको अनलाइनबाट आवेदनहरु टुंगोमा पुर्याउनु पर्ने भएकाले अर्को सूचना नभएसम्मका लागि थप आवेदन दिने काम बन्द गर्न लागिएको हो ।

‘हालसम्म परेका अनलाइन आवेदनहरुको कारबाही यथाशक्य चाँडो टुंगोमा पुर्याउनु पर्ने भएकाले चैत १ गतेदेखि अर्को सूचना प्रकाशन नभएसम्मका लागि सवारी चालक अनुमति पत्रको अनाइन आवेदन प्रणाली बन्द रहने छ,’ विभागले भनेको छ ।


क्लिकमान्डु