यशोदा फुड्सको नयाँ उत्पादनः फरक दुई स्वादको चाउचाउ र चिज बल्स सार्वजनिक



काठमाडौं । करेन्ट चाउचाउको उत्पादक यशोदा फुड्सले फरक स्वादको नयाँ चाउचाउ र चिज बल्स ल्याएको छ ।

यशोदा फुड्सले सुपर प्रिमीयम चाउचाउ अन्तर्गत करेन्ट चिज एण्ड बटर, करेन्ट मशरुम नुडल्स, करेन्ट इन्स्ट्यान्ट नुडल्स (फेमिली प्याक) र करेन्ट चिज चिकेन पिज्जा नाम तथा स्वादको चाउचाउ सार्वजनिक गरेको हो ।

सुपर प्रिमीयम चाउचाउ अन्तर्गत नेपालमै पहिलो पटक करेन्ट चिज एण्ड बटर, करेन्ट मशरुम नुडल्स फेमिलि प्याकमा उपलब्ध छ । यसको प्रति पिसको मुल्य १२० रुपैयाँ पर्ने छ । यसको तौल १२० ग्राम रहेको छ । साथै फेमीली प्याकमा २० रुपैयाँ पर्ने करेन्ट इन्स्ट्यान्ट नुडल्स र पिज्जाको स्वादमा करेन्ट चिज चिकेन पिज्जा समेत सार्बजनीक भएको छ । चिज बल्स पारखीका लागि चिज बल्स अन्तर्गत चिजको स्वादमा ५० रुपैयाँ पर्ने चिज बल्स समेत सार्वजनिक गरेको छ ।

विदेशबाट हुने चाउचाउ आयातलाई विस्थापित गरी स्वदेशी उत्पादनलाई बढावा दिने तयारी रहेको कम्पनीको भनाइ छ ।
नेपालमा मात्र नभइ भारत, युरोप, कोरिया, जापान, अमेरिका, क्यानाडा, वेलायत, अष्ट्रेलिया लगायत देशमा समेत आफ्ना उत्पादन निर्यात गरी देशको अर्थतन्त्रमा उल्लेखनीय योगदान पु¥याइरहेको कम्पनीको दाबी छ ।


क्लिकमान्डु