सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले घट्यो



काठमाडौं । सोमबार छापावाला सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले घटेको छ ।

आइतबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख २ हजार ८ सय रुपैयाँ कायम भएकोमा सोमबार ५ सय रुपैयाँले घटेर १ लाख २ हजार ३ सय रुपैयाँ कायम भएको छ ।

त्यसैगरी, आइतबार तेजावी सुनको मूल्य प्रतितोला १ लाख २ हजार ३ सय रुपैयाँ कायम भएकोमा सोमबार १ लाख १ हजार ८ सय रुपैयाँ कायम भएको छ । साथै, आइतबार चाँदीको मूल्य प्रतितोला १४ सय २५ रुपैयाँ कायम भएकोमा सोमबार १० रुपैयाँले घटेर १४ सय १५ रुपैयाँ कायम भएको छ ।


क्लिकमान्डु