नेपाल निर्माण व्यवसायी महासंघको अध्यक्षमा पुनः सिंह विजयी



काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघको अध्यक्षमा पुनः रवि सिंह विजयी भएका छन् । संघको कार्यसमिति पदाधिकारीका लागि भएको निर्वाचनबाट पुनः सिंह विजयी भएका हुन् ।

सिंहले ८०७ मत ल्याएका थिए भने उनका प्रतिस्पर्धी निकोलस पाण्डेले ३३७ र हुमनाथ कोइरालाले ३२ मत ल्याए । त्यसैगरी, वरिष्ठ उपाध्यक्षमा आङदोर्जी लामा विजयी भएका छन् । संघको एशोसियट उपाध्यक्षमा रामजी पन्त विजयी भएका छन् ।

त्यस्तै, प्रदेश १ को उपाध्यक्षमा मोहन प्रसाद अधिकारी भएका छन् । मधेश प्रदेशमा शम्भु ठाकुर, बाग्मती प्रदेशको उपाध्यक्षमा बालकृष्ण थापा, लुम्बिनी प्रदेशको उपाध्यक्षमा टोप बहादुर रायमाझी, कर्णाली प्रदेशको उपाध्यक्षमा रत्न बहादुर खड्का, सुदुरपश्चित प्रदेशको उपाध्यक्षमा प्रकाश सेठी विजयी भएका छन् ।

संघको महासचिवमा पनि पुनः रोशन दाहाल दोहोरिएका छन् । त्यस्तै, उपमहासचिव नीतिगतमा शिबहरी घिमिरे, उपमहासचिव आन्तरिकतर्फ नरहरी थपलिया, कोषाध्यक्षमा हिरान कुमार श्रेष्ठ र सह–कोषध्यक्षमा सन्तोष शाह निर्वाचित भएका छन् ।


क्लिकमान्डु