सीजी ब्रुअरीले ल्यायो नेपाल आईस पिल्स्नर बियर



काठमाडौं । चौधरी ग्रुप अन्तर्गतको सी.जी. ब्रुअरीले नेपाल आईस पिल्स्नर बियर ल्याएको छ ।

‘नेपाल आईस’ ब्राण्ड अन्र्तगत पिल्स्नर बियर उत्पादन गरिएको कम्पनीले जनाएको छ । बजारमा उपलब्ध अन्य पिल्स्नर बियर भन्दा यो फरक तथा उत्कृष्ट स्वादमा रहेको कम्पनीको दाबी छ ।

सी.जी. ब्रुअरीले समय अनुकुल आफ्ना बियर पारखीहरूका लागि फरक तथा उत्कृष्ट स्वादमा बियर उत्पादन गर्दै आएको दाबी गरेको छ ।

नेपाल आईस पिल्स्नर उपभोक्तामाझ लोकप्रिय तथा प्रथम रोजाईको पिल्स्नर बियर हुनेमा कम्पनी विश्वस्त रहेको जारी विज्ञप्तिमा उल्लेख छ । बियर ६५० मि.लि. प्रति बोतल उपभोक्ता मुल्य ३४० रुपैयाँ र ३३० मि.लि.प्रति बोतल उपभोक्ता मुल्य १७५ रुपैयाँ रहेको छ ।


क्लिकमान्डु