डिशहोम फाईबरनेटको प्रयोगकर्ता एक लाख पुग्यो

238
Shares

काठमाडौं । डिशहोमले सुरुवात गरेको डिशहोम फाईवरनेटको ग्राहक संख्या एकलाख पुगेको छ ।

चुस्त दुरुस्त सेवा देशभर पुर्याउने लक्ष्य लिएर सुरु गरिएको डिशहोम फाईवरनेटले एक लाख ग्राहक पुर्याउन सफल भएको जनाएको छ ।

एक लाख ग्राहक पुगेको अवसरमा डिशहोमको कार्यालयमा आयोजित कार्यक्रममा डिशमिडिया नेटवर्कका अध्यक्ष हेमराज ढकालले देशभर सेवा दिन तयार डिशहोम फाईबरनेटको नेटवर्कले छिट्टै थप ग्राहकाई सेवा दिंदै ग्राहक संख्या गुणात्मक विस्तार गर्दै जानुपर्ने बताए ।

आउँदो समय ग्राहक संख्या विस्तार संगै भरपर्दो सेवाको निरन्तरता प्रदान गर्ने प्रण गर्दैै डिशहोमका कर्मचारीहरुले एक लाख ग्राहक संख्या पुगेको मा केक काटेर खुसियाली मनाए ।