फोहोर व्यवस्थापन समस्या समाधान गर्न उच्चस्तरीय समिति गठन



काठमाडौं । सरकारले फोहोर व्यवस्थापन गर्नका लागि उच्च स्तरीय समिति गठन गर्ने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषदको बैठकले बञ्चरे डाँडामा देखिएका समस्या समाधानका लागि र्यापिड टास्क फोर्स गठन गर्ने निर्णय गरेको हो ।

सातै विगतमा उक्त क्षेत्रका स्थानीयसँग भएको सम्झौता कार्यान्वयन गर्ने समेत निर्णय गरेको छ । फोहोर व्यवस्थापन र साइट सञ्चालन गर्दा मानव जीवन, पशुपंक्षीमा पर्ने असर न्यूनिकरण गर्न फोहोरको वैज्ञानिक व्यवस्थापन गर्नका लागि आवश्यक पहल थालिने समेत बैठकले निर्णय गरेको छ ।

साथै मन्त्रिपरिषदको बैठकले वाणिज्य बैंकको सुर्खेतमा रहेको ९ कठ्ठा ८ धुर नेपाल बैंकलाई बिक्री गर्न स्वीकृति दिने समेत निर्णय गरेको छ ।


क्लिकमान्डु