नेपाल आयल निगमको कार्यकारी निर्देशक उमेश थानी नियुक्त



काठमाडौं । नेपाल आयल निगमको कार्यकारी निर्देशकमा उमेश थानी नियुक्त भएका छन् ।

मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले थानीलाई कार्यकारी निर्देशकमा नियुक्त गरेको हो ।

अन्तराष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेको बेला आयल निगमको जिम्मेवारी थानीको नेतृत्वमा आएको हो ।

थानी ४ वर्षको लागि निगमको कार्यकारी निर्देशकमा नियुक्त भएका हुन् । बिहिबार बसेको मन्त्रिपरिषद्को बैठकले थानीलाई नियुक्त गरेको हो ।


क्लिकमान्डु