जावलाखेल ग्रुपको बिजनेश २८% ले बढ्यो, ६ महिनामा ७ अर्बको व्यापार



काठमाडौं । मदिराको व्यवसाय चम्किन थालेको छ । केही वर्षयता आफ्नो बजारहिस्सा गुमाउन थालेको जावलाखेल ग्रुप अफ इन्ड्रष्ट्रिजको व्यापार बाउन्सब्याक भएको छ ।

जावलाखेल ग्रुप अफ इन्ड्रस्ट्रिज अन्तर्गतको वितरण कम्पनी जावलाखेल ग्रुप अफ इन्ड्रस्ट्रिज डिस्ट्रिब्यूसन प्रालिको व्यापार २८ प्रतिशतले बढेको छ ।

नेपालको मदिरा क्षेत्रमा निकै चर्चित जावलाखेल ग्रुप अफ इन्डस्ट्रिज डिस्ट्रिब्यूसन प्रालिले आर्थिक वर्ष २०७७/७८ मा २८ प्रतिशतले बढी व्यापार गरेको छ ।

कम्पनीले गत वर्षमात्रै १४ अर्ब ५० करोड २७ लाख रुपैयाँको व्यापार गरेको थियो । दुई वर्षको अन्तरालपछि कम्पनीले सो रकम बराबरको व्यापार गरेको हो ।

कम्पनीले यसअघि २०७४/७५ मा १५ अर्ब २६ करोड ५८ लाख रुपैयाँको व्यापार गरेको थियो । त्यसपश्चात कम्पनीको व्यापार वार्षिक २ अर्ब रुपैयाँले निरन्तर ओरालो लागेको देखिन्छ । दुईवर्ष निरन्तर ओरालो लागेको कम्पनीले गत वर्ष भने उच्चरुपमा व्यापार गरेको छ ।

कम्पनीले आर्थिक वर्ष २०७५/७६ मा १३ अर्ब ३१ करोड २० लाख रुपैयाँको कारोबार गरेको थियो भने आर्थिक वर्ष २०७६/७७ मा ११ अर्ब ३८ करोड ६० लाख रुपैयाँको कारोबार गरेको इक्रा नेपालले उल्लेख गरेको छ । जसमा कम्पनीले गत वर्ष २८ प्रतिशतले व्यापार बढेको देखाउँदछ ।

त्यसैगरी, चालु आर्थिक वर्ष ६ महिनाको अवधिमा ६ अर्ब ८२ करोड ३९ लाख रुपैयाँको व्यापार हुने अनुमान गरेको छ । बजारमा कम्पनीको भोड्का र ४० युपी ब्राउन स्पिरिट सेगमेन्ट (गोल्डेन वक) को ग्राहकको हिस्सा ठूलो रहेको रहेको छ ।

कम्पनीको गत वर्ष व्यापारको ६१ प्रतिशत हिस्सा ४० युपी ब्राउन स्पिरिट सेगमेन्ट (गोल्डेन ओक, ब्ल्याक ओक, रोयल ट्रेजर, हिमालाय ब्राण्डी) को रहेको छ । त्यसैगरी, ३० प्रतिशत हिस्सा ह्वाइट स्पिरिट (भोड्का, जीन र ऐला) को र ९ प्रतिशत बियरको हिस्सा रहेको इक्राले उल्लेख गरेको छ ।

कम्पनीका अनुसार कम्पनीको मुख्य ३ वटा प्रोडक्ट गोल्डेन, ओक, ब्लू डाइमोन्ड जीन र रुस्लान भोड्काको रहेको छ । गत वर्ष कुल व्यापारमा तीन वटा प्रोडक्टको ८४ प्रतिशत हिस्सा रहेको जनाएको छ । साथै, २०७६÷७७ मा उक्त तीन वस्तुको कुल व्यापारमा ८० प्रतिशत हिस्सा रहेको उल्लेख छ ।

गतवर्ष कम्पनीको व्यापार २८ प्रतिशतले वृद्धि भएको थियो भने बिक्री परिमाण २५ प्रतिशतले बढेको थियो । त्यस्तै, सो वर्ष ब्राउन स्पिरिट सेग्मेन्टको ६१ प्रतिशत हिस्सामा ५४ प्रतिशत हिस्सा गोल्डेन ओकको रहेको कम्पनीले जनाएको छ ।

ह्वाइट सेगमेन्टको ३० प्रतिशत हिस्सामा रुस्लान भोड्काको हिस्सा १५ प्रतिशत छ । आर्थिक वर्ष २०७६/७७ मा रुस्लान भोड्काको हिस्सा १९ प्र्रतिशत थियो । त्यस्तै, गत वर्षको व्यापारमा ब्लू डाइमण्ड जीनको हिस्सा १५ प्रतिशत रहेको इक्राले उल्लेख गरेको छ ।

त्यसैगरी, कम्पनीको तेस्रो सेगमेन्टमा बियरको व्यापार ६३ प्रतिशतले वृद्धि गरेको जनाएको छ । त्यसमा माउन्टेन आइइ स्ट्रङ बियरको व्यापार बढ्दा समग्रमा व्यापार बढेको कम्पनीको भनाइ छ ।

कम्पनीले पछिल्लो समय बडवाइजर बियर पनि बिक्री वितरण थालेको छ । उक्त बियरको पनि बजारमा ग्राहकको सकरात्मक पक्ष भएकाले व्यापार उकालो लागेको जनाएको छ । कम्पनीको व्यापारको हिस्सामा बडवाइजरको २ प्रतिशत केस रहे पनि चालु आर्थिक वर्षको ६ महिनामा बर्डवाइजरको हिस्सा १३ प्रतिशत पुर्याउने लक्ष्य लिएको छ ।

साथै, कम्पनीले ‘हात्ति ८’ बियर ‘ब्लू ओक’ नयाँ उत्पादन थप गरेको छ । जसमा कुल व्यापारमा ४ प्रतिशत ‘हात्ति ८’ को र ०.११ प्रतिशत ‘ब्लू ओक’को हुने कम्पनीको भनाइ छ ।

देशभर २ सय ३७ वटा डिलर रहेको कम्पनीको ४ वटा गोदाम छ । जावलाखेल ग्रुप अफ कम्पनीको जावलाखेल ग्रुप अफ इन्ड्रस्ट्रिज डिस्ट्रिब्यूटर नेपालको ठूलो मदिरा डिस्ट्रिब्यूटर कम्पनीको हो ।

कम्पनीले चार वटा डिस्टिलरी (विजय, एशियन, हिमालयन, रोलिङ रिभर) र राज ब्रुअरी सबै प्रकारका मदिरा जावलाखेल ग्रप अफ इन्ड्रस्ट्रिज अन्तर्गत रहेको छ । कम्पनीले विभिन्न देशबाट वाइन र बियर आयात गरेर बिक्री वितरण गर्दै आएको छ ।

इक्राले कम्पनीलाई एफोर प्लस रेटिङ दिएको छ । कम्पनीले अल्पकालिन कर्जाका लागि ४ अर्ब १५ करोड, ओभरड्राफ्टका लागि ८५ करोड, नगद कर्जा १ अर्ब र डिमाण्ड कर्जा गरेर ६ अर्ब ५० करोड रुपैयाँल बराबरको क्रेडिट रेटिङ गराएको छ ।


क्लिकमान्डु