फोनपेमा स्क्यान गरी भुक्तानी गर्ने र लिने दुबैलाई स्कुटर, स्मार्टफोन र नगद जित्ने अवसर



काठमाडौं । खल्ती डिजिटल वालेटले फोनपे क्युआर स्क्यानमा टिभीएस एन्टोर्क वान प्लस नर्ड, तथा ५ हजार जित्ने ‘स्क्यान मा अफर’ ल्याएको छ ।

यो अफरमा फोनपे क्युआरमा भुक्तानी गर्ने खल्ती प्रयोगकर्ता मात्र नभई खल्ती मार्फत क्युआरमा भुक्तानी प्राप्त गर्ने फोनपे मर्चेन्ट पनि बिजेता हुनेछन् ।

क्याम्पेनमा बम्पर उपहार टिभीएस एन्टोर्क स्कुटर खल्तीबाट फोनपे क्युआरमा भुक्तानी गर्ने एक प्रयोगकर्ता र भुक्तानी प्राप्त गर्ने फोनपे मर्चेन्टले प्राप्त गर्ने छन् । हरेक हप्ता दुई खल्ती प्रयोगकर्ताले वान प्लस नर्ड स्मार्टफोन एन १०० को साप्ताहिक पुरस्कार र दैनिक पुरस्कारमा एक खल्ती प्रयोगकर्ताले ५ हजार नगद पुरस्कार प्राप्त गर्ने कम्पनीले जनाएको छ । यो अफर फागुन २६ देखि बैशाख १० सम्म मान्य हुनेछ ।

कम्पनीका अनुसार खल्ती प्रयोगकर्ता गर्ने १ जना र फोनपे मर्चेन्ट प्रयोगकर्ता एक जनाले टिभिएसको एनटर्क स्कुटर जित्न सक्नेछन् । साप्ताहिक पुरस्कारमा खल्ती प्रयोगकर्ता २ जना र फोन पे मर्चेन्ट २ जनाले वन प्लस स्मार्ट फोन जित्न सकिने छ । दैनिक पुरस्कारमा खल्ती प्रयोगकर्ताले दैनिक ५०० सय खल्तीमा पाउन सकिने छ ।


क्लिकमान्डु