जानकी टेक्नोलोजीले एसएमएस मार्फत स्वास्थ्य सेवा सक्षम बनाउने



काठमाडौं । अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा जानकी टेक्नोलोजीले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत गतिविधिहरुका लागि एक एक पाइला फाउन्डेसनसँग सम्झौता गरेको छ ।

एक एक पाइला फाउन्डेसनका संस्थापक डा. सुमन शमशेर थापा र जानकी टेक्नोलोजीका प्रमुख कार्यकारी अधिकृत मनोज थापाले उक्त सम्झौतामा हस्ताक्षर गरेका छन् ।

जानकी टेक्नोलोजीले स्पारो एसएमएस मार्फत विभिन्न माध्यमबाट सर्वसाधारण जनतामा फाउन्डेसनको सेवा तथा जानकारी प्रवर्द्धन गर्न एक एक पाइला सँग सहकार्य गर्ने जनाएको छ ।

एक एक पाइला नेपालको स्वास्थ्य अवस्था सुधार गर्न काम गर्ने समान विचारधारा भएका व्यक्तिहरूको समूह हो । एक एक पाइलाले बिशेषत नेपालका दुर्गम क्षेत्रमा स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ ।


क्लिकमान्डु