नारी दिवसमा बुध्द एयरले बाँड्यो २५ सय यात्रुलाई १० लाखका पुस्तक



काठमाडौं । बुध्द एयरले नारी दिवसको अवसरमा २५ सय महिलालाई पुस्तक उपहार दिएको छ ।

बुध्द एयरका अनुसार मार्च ८ तारिखमा काठमाडौं विमानस्थलबाट विभिन्न गन्तव्यमा उडान गर्ने पहिलो २५ सय महिलालाई १० लाख रुपैयाँ बराबरका महिला लेखिकाका पुस्तक वितरण गरेको हो ।

यसका लागि पुस्तक पार्टनरका रुपमा सांग्रिला बुक्स रहेको समेत कम्पनीको भनाइ छ ।


क्लिकमान्डु