नेबिकोले एकैदिन सार्वजनिक गर्यो चार वटा उत्पादन, थप दुई ल्याउने तयारी



काठमाडौं । नेबिको कम्पनीले चार वटा उत्पादन ल्याएको छ । थप दुई उत्पादन केही समयमा ल्याउने तयारी रहेको कम्पनीले जानकारी गराएको छ ।

राधजानीमा आयोजित कार्यक्रममा नयाँ चार वटा उत्पादन सार्वजनिक गर्दै दुई वटा उत्पादन केही समयमा ल्याउने जानकारी गराएको हो । कम्पनीले कुरुम कुरुम चिउरा, डी–५० डाईजेस्टिभ बिस्कुट, सल्टेड पिनट र नाइस मिल्क बिस्कुट सार्वजनिक गरेको छ ।

कम्पनीले डी–५० डाईजेस्टिभ बिस्कुटको मूल्य ५० रुपैयाँ, सल्टेड पिनटको मूल्य २० रूपैयाँ, नाइस मिल्कको ५० रूपैयाँ र कुरुक कुरुम चिउराको प्रतिकेजी मूल्य ९५ रूपैयाँ तोकेको छ ।

कम्पनीले यसअघि बिस्कुट उत्पादन गरी बिक्री वितरण गर्दै आएको छ । विभिन्न चरणमा आफ्नो उत्पादनलाई परिमार्जन गरी उत्पादन बढाउँदै गएको कम्पनीले जनाएको छ।

त्यस्तै कम्पनीले केही समयमै बिस्कुट पनि ल्याउने कम्पनीका ब्रान्ड म्यानेजर अरूण पौडेलले बताए । उक्त बिस्कुटको मूल्य १०० रूपैयाँ रहने छ ।

यही वर्ष थप १२, १३ वटा उत्पादन थप गर्ने तयारी गरेको कम्पनीले जनाएको छ । कम्पनीले आगामी दिनमा अष्ट्रेलियाको सिड्नी सहरमा उत्पादनको निर्यात गर्ने तयारी गरेको जनाएको छ ।


क्लिकमान्डु