इन्धनको मूल्यसँगै हवाई भाडा ५४० रुपैयाँसम्म बढ्यो, कुन गन्तव्यको कति ?



काठमाडौं । नेपाल आयल निगमले हवाई इन्धनको मूल्य बढाएसँगै वायुसेवा सञ्चालकहरुले पनि विभिन्न गन्तव्यका लागि हवाई भाडा बढाएका छन् ।

कम्पनीहरुले गन्तव्यअनुसार न्यूनतम ९० रुपैयाँदेखि ५४० रुपैयाँसम्म भाडा बढाएका छन् । जसअनुसार अब माउटेन फ्लाइटका लागि ३४० रुपौयाँले बढेको छ । त्यसैगरी काठमाडौं–धनगढी रुटको भाडा ४४५ रुपैयाँले बढेको छ । बिराटनगर–नेपालगञ्जको हकमा सबैभन्दा धेरै ५४० रुपैयाँले इन्धन शुल्क बढेको छ ।

विमान कम्पनीहरुले हवाई भाडा, इन्धनको मूल्य र विमानस्थल शुल्क गरी हवाई टिकटको मूल्य निर्धारण गरेका हुन्छन् ।

कुन गन्तव्यको कति मूल्य बढ्यो ?


क्लिकमान्डु