टर्कीको मुद्रास्फिती ५४.४% ले बढ्यो, २० वर्षयताकै बढी



काठमाडौं । टर्कीको वार्षिक मुद्रास्फिती दुई दशक यताकै सबैभन्दा उच्च विन्दुमा पुगेको छ ।

अपेक्षा गरेभन्दा कैयन गुणा बढेको त्यहाँको मुद्रास्फिती ५४.४ प्रतिशतले बढेको छ । गत जनवरीमा मुद्रास्फिती ४८.७ प्रतिशत थियो ।

रुसले युक्रेनमा सैन्य आक्रमण गरेपछिको असर टर्कीमा देखिएको छ । डलरको तुलनामा त्यहाँको मुद्रा लिराको मूल्य घटेको छ भने वस्तुहरुको मूल्य आकाशिएको छ । इन्धनको मूल्य पनि उसैगरी बढेको छ ।

कन्जुमर गुड्सको मूल्य अघिल्लो महिनाको तुलनामा ४.८१ प्रतिशतले बढेको छ । उत्पादन मूल्य इन्डेक्स ७.२२ प्रतिशतले बढेको छ ।

टर्कीको केन्द्रीय बैंकले ब्याजदरमा ५ सय बेसिस प्वाइन्टका आधारमा गत सेप्टेम्बरमा कटौती गरेको थियो । टर्कीको मुद्रा लिरा एक वर्षमा ४७ प्रतिशतले अबमूल्यन भएको छ ।

टर्कीको मुद्रास्फिती अझै बढ्ने अनुमान गरिएको छ । पछिल्लो समयमा बढ्दो ग्याँस, तेल र खाद्यान्नको मूल्य अकाशिएसँगै महंगी अझै बढ्ने देखिएको हो ।

टर्कीमा गत महिनामा मदिरा ८.४१ प्रतिशत, फर्निचर ७ प्रतिशतले बढेको थियो भने गत वर्ष यातायात खर्च ७६ प्रतिशत र फर्निचरको मूल्य ६५ प्रतिशतले बढेको थियो ।


क्लिकमान्डु