फेब्रअुरीमा करिब २० हजार पर्यटक नेपाल आए, गत वर्षभन्दा ११६% बढी



काठमाडौं । सन् २०२२ को फेब्रुअरीमा १९ हजार ७६६ विदेशी पर्यटक नेपाल आएका छन् । यो गत वर्षको सोही अवधिमा आएका विदेशी पर्यटकको तुलनामा ११६.१ प्रतिशतले बढी हो । गत वर्षको फेब्रुअरी महिनामा जम्मा ९ हजार १४६ जना पर्यटक नेपाल आएका थिए ।

जसमा भारतबाट सबैभन्दा धेरै ५ हजार ९९८ जना, अमेरिकाबाट ३ हजार १९५ जना, बेलायतबाट २ हजार २१७ जना पर्यटक नेपाल आएका छन् ।

सबैभन्दा धेरै सार्क राष्ट्रबाट ३६.७४ प्रतिशत, यूरोपबाट २४.३५ प्रतिशत अमेरिकी मुलुकहरुबाट १८.२८ प्रतिशत पर्यटक नेपाल आएका छन् ।


क्लिकमान्डु