एयरबीएनबीले १ लाख युक्रेनी शरणार्थीलाई निःशुल्क आवास दिने



काठमाडौं । अहिले रुस र युक्रेनबीच युद्ध चलिरहेको छ । जसले गर्दा हजारौं युक्रेनीहरू डर त्रासले देश छाड्न बाध्य भएका छन् ।

यसरी अन्य देशमा शरण लिन पुगेका १ लाख युक्रेनी नागरिकलाई एयरबीएनबीले निःशुल्क आवास दिने घोषणा गरेको छ ।

एयरबीएनबीले केही समयमा लागि १ लाख युक्रेनी शरणार्थीलाई निःशुल्क आवास दिने सोमबार घोषणा गरेको हो । जसमा कम्पनीले कोषबाट खर्च गरेर आवासको प्लेटफर्म प्रदान गर्नेछ ।

कम्पनीका सञ्चालक तथा सीइओ ब्रियन चेस्कीले युक्रेनबाट बाहिरिएका शरणर्थीलाई पोल्यान्ड, जर्मनी, हंगेरी र रोमनियामा आवास दिने जनाएको छ । त्यसैले, उक्त देशका नागरिकलाई युक्रेनी शरणर्थीलाई आवास दिन आग्रह गरेको छ ।

चेस्की र दुई अन्य एयरबीनबीका अधिकारीहरूले युक्रेनको सीमानामा रहेका राष्ट्रका युरोपेली नेताहरूलाई आवास प्रदान गर्न पत्र पठाएको जनाएको छ ।

‘बसोबास अस्थायी भएपनि कम्पनीले सरकारसँग मिलेर आवश्यकता अनुसारको विभिन्न देशमा आवास प्रदान गर्नेछ । साथै, लामो समय बस्न चाहेनेका लागि आवास प्रदान हुनेछ,’ कम्पनीले भनेको छ ।

उनीहरूसँग हाल अनलाइन प्लेटफर्ममार्फत् आवास बुक गर्न इन्टरनेट र उपकरणको पहुँच नभएको अवस्था छ । तर, एयरबीएनबीले सोही क्षेत्रमा आवासका व्यवस्था गर्नका लागि राष्ट्रियता, जातिका आधारमा पहिचान गरेर बुकिङ र सहकार्य गर्न जिम्मेवार दिएको छ ।

एयरबीएनबीले भाडा प्लेटफर्ममा शरणार्थीलाई आवास दिने कार्य गर्दै आएको छ ।


क्लिकमान्डु