सीइले पोखरामा ‘फेवा प्रिन्स रेसिडेन्सी’ र ‘लेक भ्यू अपार्टमेन्ट’ बनाउँदै



काठमाडौं । पर्यटकीय क्षेत्रमा निकै प्रसिद्ध पोखरामा पछिल्लो समय हाउजिङ तथा अपार्टमेन्ट निर्माणको ओइरो लागेको छ । आन्तरिक तथा बाह्य पर्यटकको सँधै भिड हुने पोखरामा व्यवसायीहरूले अपार्टमेन्ट र हाउजिङ बनाउन कार्यलाई तीव्रता दिएको छ ।

मानिसहरुको भीड बढेसँगै जग्गाको भाउ छोइनसक्ने अवस्थामा विभिन्न कम्पनीहरूले व्यवस्थित आवासमा जोड दिएका छन् । सोहीअनुसार अपार्टमेन्ट र हाउजिङ निर्माण कार्यलाई तीव्रता दिइएको पाइन्छ ।

करिब ३ दशकदेखि रियस्टेटमा काम गर्दै आएका सीइ कन्स्ट्रक्सनले पनि पोखरा लक्षित विभिन्न आयोजना अगाडि बढाएको छ । कम्पनीले पोखराको विभिन्न स्थानमा हाउजिङ, अपार्टमेन्ट र व्यवसायिक भवन बनाउने कार्य अगाडि बढाएको हो । जसका कम्पनीले चौथेमा ‘फेवा प्रिन्स रेसिडेन्सी’ र लेकसाइडमा ‘फेवा लेक भ्यू’ अपार्टमेन्ट निर्माण गर्ने भएको छ ।

कम्पनीले पोखरामा मात्रै २ वटा अपार्टमेन्ट, हाउजिङ र व्यवसायिक कम्प्लेकस निर्माण गर्ने भएको हो ।

फेवा प्रिन्स रेसिडेन्सी
सीइले पोखराको चौथेमा ‘फेवा प्रिन्स रेसिडेन्सी’ बनाउने भएको हो । कम्पनीले विभिन्न सेवा सुविधासहित चौथेमा पहिलो चरणको हाउजिङ निर्माण कार्य अगाडि बढाउने भएको हो ।

कम्पनी नयाँ बन्दै गरेको रेसिडेन्सी पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट ४ सय मिटरको दुरीमा रहेको कम्पनीका मार्केटिङ म्यानेजर दीपेन्द्र केसीले जानकारी दिए । उनकाअनुसार कम्पनीले सो क्षेत्रमा हाउजिङ, अपार्टमेन्ट र व्यवसायिक कम्प्लेक्स ल्याउने भएको हो ।

कम्पनीले पहिलो र दोस्रो चरण गरी निर्माण गर्ने योजना बनाएको छ ।

‘सीइले चौथेमा मिक्सअप प्रोजेक्ट ल्याउने छ,’ उनले भने, ‘जसमा पहिलो र दोस्रो चरण गरेर निर्माण गर्नेछ ।’

कम्पनीले चौथेमा ‘फेवा प्रिन्स रेसिडेन्सी’ निर्माणका लागि २२ रोपनी ८ आना र ३ पैसा र ३ दाम जग्गा क्षेत्रफल छुट्टाइएको छ ।

उक्त जग्गामा पहिलो चरणमा हाउजिङ बन्नेछ । कम्पनीले २२ रोपनी क्षेत्रफलमध्ये ११ रोपनी ६ आना १ पैसा र १ दाममा २५ वटा एलो स्ट्यान्ड अर्थात् हाउजिङ बनाउने उनले जानकारी दिए ।

‘कम्पनीले २५ वटा घरहरू ४ आना ३ पैसा १ दामदेखि ६ आना २ पैसा २ दामको क्षेत्रफलमा निर्माण गर्ने भएको छ,’ उनले भने ।
हालसम्ममा कम्पनीले बनाउने भनिएका २५ मध्ये २४ वटा घर बिक्री भइसकेको छ । साथै, एउटा मात्रै बिक्री हुन बाँकी रहेको उनले बताए । अहिले कम्पनीसँग ६ आना २ पैसा र २ दाममा बन्ने घरको प्लट मात्रै बाँकी रहेको छ ।

कम्पनीले घरहरूको मूल्य न्यूनतम २ करोड ७४ लाखदेखि अधिकतम ३ करोड ८६ लाख रुपैयाँ तोकेको छ । क्षेत्रफलको आधारमा घरको मूल्य निर्धारण गरिएको हो । उक्त क्षेत्रमा साढे २ तल्लाको घर निर्माण गर्नेछ ।

कम्पनीले निर्माण गर्ने हाउजिङमा १२.७५ प्रतिशत (२ रोपनी १४ आना २ पैसा क्षेत्रफल) सडकको लागि छुट्टाइएको छ । साथै, खुल्ला क्षेत्रका लागि ७ आना क्षेत्रफल राखिएको छ ।

दोस्रो चरणमा अपार्टमेन्ट र व्यवसायिक कम्प्लेक्स
कम्पनीले अहिले हाउजिङको मात्रै कार्य अगाडि बढाएको छ । तर, आगामी दिनमा सोही क्षेत्रफलमा अपार्टमेन्ट र व्यवसायिक कम्प्लेक्सको आयोजना ल्याउने भएको छ ।

कम्पनीले फेवा प्रिन्स रेसिडेन्सीकै नाममा आयोजना ल्याउने भएको हो । जसमा कम्पनीले ३ रोपनी १२ आना १ पैसामा अपार्टमेन्ट निर्माण हुनेछ ।

साथै, १ रोपनी २ आना ३ पैसामा भने व्यवसायिक कम्प्लेक्स निर्माण हुने कम्पनीले जनाएको छ । साथै, आगामी दिनमा ५ रोपनीमा ३ दाममा बिस्तार गर्ने योजना बनाएको छ ।

उक्त अपार्टमेन्ट र व्यवसायिक कम्प्लेक्समा ८ मिटरको सडक, हरियाली तथा खुल्ला क्षेत्र, २४सै घण्टा सुरक्षाकर्मी र सामुदायिक सुविधा हुने कम्पनीले जनाएको छ ।

लेक भ्यू अपार्टमेन्ट
कम्पनीले पोखराकै लेकसाइडमा ‘लेक भ्यू अपार्टमेन्ट निर्माण गर्ने भएको छ । कम्पनीले लेकसाइडमा अन्डरग्राउन्डसहित ८ तल्लाको अपार्टमेन्ट निर्माण गर्ने भएको हो ।

कम्पनीले ३ रोपनी ९ आना ३ पैसा २ दाममा ८ तल्लाको अपार्टमेन्ट निर्माण गर्ने भएको उनले जानकारी दिए । उक्त अपार्टमेन्टको ग्राउन्डको क्षेत्रफल १ रोपनी २ आना १ पैसा छ ।

कम्पनीले ३ रोपनी क्षेत्रफलमा ५६ य्ुनिटको अपार्टमेन्ट निर्माण गर्नेछ । उक्त ५६ वटा युनिटमध्ये ४२ वटा बिक्री भइसकेको छ भने बाँकी १४ वटा मात्रै बाँकी रहेको कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार अपार्टमेन्टको प्रत्येक तल्लामा ७ वटा युनिटको अपार्टमेन्ट बन्नेछ । जसमा कम्पनीले २ वटा स्टुडियो भएकोे, २ वटा बेडरुम १÷१ वटा हल र किचेन भएको र ३ वटा बेडरुम, १ वटा हल र १ वटा किचन भएको अपार्टमेन्ट निर्माण गर्नेछ ।
कम्पनीले सबैभन्दा सानो अपार्टमेन्टको रुपमा स्टुडियो अपार्टमेन्ट निर्माण गर्नेछ । सो अपार्टमेन्ट ४६५.२४ स्क्वायरफिटको हुनेछ । उक्त पार्टमेन्टको मूल्य कम्पनीले १ करोड २९ लाख रुपैयाँ तोकिएको छ ।

त्यसैगरी, कम्पनीले सबैभन्दा ठूलो १४९३ स्क्यारफिटको २ वटा बेडरुम १/१ वटा हल र किचेनको निर्माण गर्नेछ । उक्त अपार्टमेन्टको मूल्य ३ करोड २८ लाख रुपैयाँ तोकेको छ ।

यस्ता हुनेछन् विशेषता
कम्पनीले पोखराको लेकसाइडमा निर्माण गर्ने भनिएको अपार्टमेन्टमा विभिन्न सेवा सुविधा प्रदान गर्ने भएको छ । कम्पनीले बेसमेन्ट, पर्याप्त पार्किङ क्षेत्र, २ वटा लिफ्ट र हरियालीको व्यवस्था गर्नेछ ।

त्यसैगरी, कम्पनीले ९औं तल्लामा सामुदायिक तल्ला निर्माण गर्नेछ । साथै, अपार्टमेन्टमा सामुदायिक हल, अफिसको क्षेत्रफल, स्वीमिङ पुल, जिम हल, २ वटा चेन्जिङ रुम, किचन र स्टोरको व्यवस्था गर्नेछ ।


अरिष्मा मोक्तान