रुस-युक्रेन युद्धः विश्वको सबैभन्दा ठूलो विमान ‘मरिया’ ध्वस्त



काठमाडौं । रुस र युक्रेनबीचको युद्धका कारण विश्वको सबैभन्दा ठूलो विमान मरिया ध्वस्त भएको छ ।

युक्रेनका परराष्ट्रमन्त्री डिम्ट्रो कुलेबालेले ट्विट गर्दै रुसको आक्रमणले एएन–२२५ ‘मरिया’ (ड्रिम युक्रेनियन) ध्वस्त भएको जानकारी दिए ।

उनले लेखेको छन्, ‘रुसले विमान ध्वस्त बनाएको छ तर हाम्रो सपना बलियो छ त्यसलाई ध्वस्त बनाउन कहिल्यै सक्दैन ।’

तर विमान कुन रुपमा ध्वस्त भएको छ भन्ने विषयमा थप विवरणहरु भने आइसकेका छैनन् । प्राविधिक रुपमा कति क्षति पुगेको छ भन्ने विषयमा अझै भन्न सक्ने अवस्था छैन ।

युक्रेनको युक्रेबोनोनप्रोमले एन्टोभको सम्हाल्दै आएको थियो । उक्त कम्पनीले जारी गरेको विज्ञप्ति अनुसार यो विमानको कुल लागत ३ खर्ब रुपैयाँ बताइएको छ । र, यो खर्च रसियाले बेहोर्नुपर्ने समेत विज्ञप्तिमा भनिएको छ ।

विमान राजधानी किविभमा फेब्रअुरी २४ देखि मर्मत हुँदै थियो । विमानले सोभियन युनियन छँदैदेखि अर्थात् ३० वर्षयतादेखि सञ्चालनमा थियो । सन् २०१० मा हाइटीमा भूकम्प जाँदा र पछिल्लो समय कोभिड महामारीका समयमा उद्दार तथा राहतका लागि यो विमान प्रयोग गरिएको थियो ।

यो विमानलाई आजसम्मकै सबैभन्दा धेरै तौल भएको विमान भनेर समेत चिनिन्छ । ६ ट्रबोन इञ्जिन भएको यो विमानले अधिकतम २५० टन सामग्री बोक्न सक्ने क्षमता राख्थ्यो । यो विमानले सन् १९८८ मा पहिलोपटक उडान भरेको थियो ।


क्लिकमान्डु