ग्रामीण विकास लघुवित्तसहित ९ कम्पनीमा राष्ट्र बैंकको ३ अर्बभन्दा बढी लगानी



काठमाडौ । नेपाल राष्ट्र बैंकले विभिन्न ९ वटा कम्पनीमा लगानी गरेको छ । अहिलेसम्म राष्ट्र बैंकको विभिन्न ९ वटा कम्पनीमा ३ अर्ब १५ करोड ५९ लाख ६२ हजार ११ रुपैयाँ लगानी रहेको देखिएको छ ।

अघिल्लो वर्षसम्म १० वटा कम्पनीमा लगानी गरेको थियो । गत आवसम्म आइपुग्दा ९ वटा कम्पनी लगानी रहेको छ । एउटा कम्पनीबाट लगानी झिकेको छ ।

राष्ट्र बैंकले नागरिक लगानी कोषमा गरेको लगानी बिक्री गरेर बाहिरिएको छ । ९ वटा कम्पनीमा अझै पनि ३ अर्ब १५ करोड ५९ लाख ६२ हजार ११ रुपैयाँ लगानी रहेको छ ।

अझै पनि ग्रामीण विकास लघुवित्त वित्तीय संस्थामा गरेको लगानी कायमै छ । उक्त कम्पनीमा गरेको लगानी भने बढाएको छ । २०७७ असार मसान्तमा ७ करोड ४२ लाख ४५ हजार १४० रुपैयाँ लगानी रहेकोमा बढाएर २०७८ असार मसान्तसम्ममा १६ करोड ८४ लाख २६ हजार ४७५ रुपैयाँको लगानी रहेको छ ।

यस्तै राष्ट्र बैंकले कृषि परियोजना सेवा केन्द्रले असार मसान्तमा ५० लाख रुपैयाँ, राष्ट्रिय बीमा संस्थानमा २८ करोड ९१ लाख ४२ हजार ७६३ रुपैयाँ, नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा ७२ करोड ६७ लाख ४४ हजार ७०५ रुपैयाँ, राष्ट्रिय उत्पादकत्व र आर्थिक विकास केन्द्रमा २५ लाख, निक्षेप तथा कर्जा सुरक्षण फण्डमा १ अर्ब ६५ करोड २२ लाख २२ हजार ५१९ रुपैयाँ, नेपाल क्लियरिङ हाउसमा १० करोड ५५ लाख २४ हजार ४ रुपैयाँ, कर्जा सूचना केन्द्रमा १७ करोड ७८ लाख १४ हजार ४४८ रुपैयाँ र नेशनल बैंकिङ इन्स्टिच्युसनमा २ करोड ८५ लाख ८७ हजार ९७ रुपैयाँ लगानी रहेको छ ।


क्लिकमान्डु