ऋणमा डुबेको भोडाफोन आइडियालाई सहयोग गर्न अघि सर्यो एयरटेल, ३० अर्बको सम्झौता



काठमाडौं । अत्यधिक कर्जामा डुबेको भारतीय टेलिकम कम्पनी भोडाफोन आइडियालाई सहयोग गर्नका लागि अर्को टेलिकम कम्पनी एयरटेल अघि सरेको छ ।

भारती एयरटेलले भोडाफोन आइडियामा ३० अर्ब भारुमा ४.७ प्रतिशत हिस्सा खरिद गर्ने सम्झौता गरेको छ । यो सम्झौता अनुसार भोडाफोन आइडियामा उसको लगानी तथा मोबाइल टावर कम्पनीको वक्यौता भुक्तान गरिनेछ ।

यो हिस्सेदारी सेयरबजारमा प्रतिकित्ता २२७ भारु हुने आँकलनका आधारमा गरिएको हो


क्लिकमान्डु