बैंक तथा वित्तीय संस्थामा एक वर्षमा २८ सयभन्दा बढी शंकास्पद कारोबारः राष्ट्र बैंक



काठमाडौं । बैंक तथा वित्तीय संस्थामा एक वर्षको अवधिमा २८ सयभन्दा बढी शंकास्पद कारोबार भएको पाइएको छ ।

नेपाल राष्ट्र बैंकले दिएको जानकारी अनुसार आर्थिक वर्ष २०७७/७८ मा बैंक तथा वित्तीय संस्थामा २ हजार ८ सय १३ वटा शंकास्पद कारोबार भएको पाइएको हो ।

राष्ट्र बैंकको वित्तीय जानकारी इकाइले बैंक तथा वित्तीय संस्थामा सम्पत्ति शुद्धिकरण निवारण ऐन अनुसार सीमा कारोबार विवरण र शंकास्पद कारोबार जानकारी प्राप्त गरेको बताएको छ ।

२०७६ माघ १ गतेदेखि वाणिज्य बैंक तथा २०७७ सालदेखि ‘ख’ र ‘ग’ वर्गका वित्तीय संस्थाले गोएएमएलमार्फत् रिपोर्टिङ गर्दै आएका छन् । जसमा इकाइले आव २०७७/७८ मा १९ लाख ९९ हजार ४६ वटा सीमा कारोबार विवरण प्राप्त गरेको छ ।

इकाइका अनुसार प्राप्त शंकास्पद कारोबारमा १ हजार ५३३ संख्या छ भने विश्लेषण गरिएको शंकास्पद कारोबारमा ६४० संख्या छ । साथै अभिलेखिकरण गरिएको शंकास्पद कारोबारमा ४४८ र विश्लेषण निष्कर्ष प्रवाह गरिएको शंकास्पद कारोबार अन्तर्गत १९२ संख्या छ ।


क्लिकमान्डु