युक्रेन संकटः संसारभरका अर्बपतिले एकै दिनमा गुमाए अर्बौ डलर, कसले कति गुमाए ?



एजेन्सी । रुस र युक्रेनबीचको लडाईका कारण संसारभर नै आर्थिक संकट देखा पर्ने अवस्था सिर्जना भएको छ । इन्धनको अत्यधिक मूल्यवृद्धि भएको छ भने गहुँ तथा अन्य उपभोग्य वस्तुको अवस्था पनि उस्तै देखिएको छ । यस्तै, सुनको मूल्यले पनि आकाश छोएको छ । युक्रेन संकटको असर संसारभर नै पर्ने निश्चितप्राय नै भएको छ ।

युक्रेन संकटको असर नेपालीको घर तथा भान्छामा पनि प्रत्यक्ष रुपमा पर्ने देखिएको छ । इन्धनको मूल्यवृद्धि भएर १०० अमेरिकी डलर प्रतिब्यारेल पुग्दा त्यसको सबैभन्दा ठूलो असर देखिन लागेको छ । संकटका कारण विश्व सेयर बजारमा सबैभन्दा बढी प्रभाव परेको छ ।

अर्बपतिहरुले पनि आफ्नो सम्पत्ति क्षणभरमा नै स्वाह भएको बताएका छन् । सेयर बजारमा आएको उच्च अंकको गिरावटले डलर अर्बपतिहरुको सम्पत्ति समेत क्षणभरमै बालुवामा पानी जस्तै भएको छ ।

समाचार विवरणहरुमा जनाइएअनुसार युक्रेन संटकका कारण टेस्लाका प्रमुख कार्यकारी अधिकृत एलन मस्कको सम्पत्ति १.०३ लाख करोडभन्दा बढीले घटेको छ । यस्तै, रिलायन्सका मुकेश अम्बानीको सम्पत्ति २२ हजार करोड भारुले ओरालो लागेको छ ।

युक्रेन संकटका कारण अम्बानीको मात्रै २१ हजार ८२० करोड भारु बराबरको नोक्सानी भएको छ ।

त्यस्तै, भारतका अर्का अबैपति गौतम अडानीको ९ हजार ७८२ करोड भारु बराबरको सम्पत्ति क्षणभरमै घटेको छ । एलन मस्कको अवस्था पनि त्यस्तै छ ।

बिहीबार बिहानैदेखि रसियाले युक्रेनका विभिन्न ठेगानामा बमबारी शुरु गरेको थियो । युक्रेनका दुई राज्यलाई स्वतन्त्र देशको मान्यता दिँदै शान्ति स्थापनाको नाममा रसिया युक्रेन छिरेपछि त्यसको प्रभाव संसारभर नै देखिएको हो ।

सेयर बजारमा तीव्र गिरावट आउँदा एलन मस्कको १ लाख करोड बराबरको नोक्सानी भएको छ । बर्नाड आर्नोल्टको ४१ हजार ३९०, बिल गेट्सको १२ हजार ७९३, बारेन बफेटको १० हजार ५३५, ल्यारी पेजको १२ हजार ३८, सर्गेई ब्रिनको ११ हजार २८६, लरेन्स जे एलिसनको २० हजार ३१५, मुकेश अम्बानीको २१ हजार ८२०, गौतम अडानीको ९ हजार ७८२ करोड बराबरको सम्पत्ति घटेको छ ।

यस्तै कार्लो सलीम हेलुको ९ हजार २९, फ्रांन्कोइस बी मेयर्सको ८ हजार २७७, होम एस हान सन्को ७ हजार ५२४, मार्क जुकरवर्गको ९ हजार ७८२, ओर्टेगाको ६३०, जिम बोल्टनको ३ हजार ८६२, ऐलिस बोल्टनको ३ हजार ८३९, रोब बोल्टनको ३ हजार ८०१ करोड बराबरको सम्पत्ति युक्रेन संकटको धुँवासँगै हराएको छ ।

यस्तै, यूरोपेली देशहरुमा प्राकृतिक ग्यासको अत्यधिक मूल्य वृद्धि भएको छ । जर्मनीले रसियाबाट ग्याँस आयात गर्ने पाइपलाइन स्थगित गरेसँगै यूरोपेली बजारमा ग्याँसको संकट देखा परेको हो ।

भारतको मात्रै कुरा गर्दा मुकेश अम्बानीको २१ हजार ८२० करोड भारु, गौतम अडानीको ९ हजार ७८२ करोड भारु, शिव नाडारको ५ हजार ३९३ करोड, राधाकिशन दमानीको १ हजार ९८१, सायरस पूनावालाको ३७६ करोड, लक्ष्मी मित्तलको ८०६ करोड, सावित्री जिन्दलको २ हजार ८७८ करोड, कुमार बिरलाको २ हजार १९२ करोड, उदय कोटकको ६६३ करोड र दिलीप संघवीको २ हजार ५०१ करोड भारु बराबरको सम्पत्ति युक्रेनको संकटले क्षणभरमै सकिएको छ ।

संसारका शीर्ष ३ व्यापारीका रुपमा रहेका एलन मस्क, बर्नाड आर्नोल्ट र जेफ बेजोसको कूल नेटवर्थमा १.५१ लाख करोड भारु बराबरको गिरावट आएको छ । यस्तै, २० धनकुबेरहरुको नोक्सानीको आँकडा हर्दा लडाईको आगोले उनीहरुको एक दिनमै ३.११ लाख करोड बराबरको बर्बादी भएको छ ।

एलन मस्क र जेफ बेजोस अमेरिकी अर्बपति हुन् भने बर्नाड आर्नोल्ट फ्रान्स हुन् । युद्धको परिणाम कस्तो हुन्छ र त्यसले कुन–कुन क्षेत्रमा के कस्तो असर पार्छ भन्ने कुरा यही विवरणले पनि स्पष्ट पारेको छ ।


क्लिकमान्डु