बुध्दले थप्यो अर्को एटीआर-७२ विमान, पोखरालाई हब बनाएर उडान भर्ने



काठमाडौं । बुध्द एयरले बुधबार साँझ थप एटीआर–७२ जहाज भित्र्याएको छ । कलसाईन नाइन एन एएनपी रहेको जहाजको आवश्यक कागजी प्रक्रिया पुर्याई २ साताभित्र उडान भर्ने जानकारी गराइएको छ ।

ठूला जहाजबाट उडान भर्दा सञ्चालन खर्च कम हुने र हवाईभाडादर पनि स्वतः सस्तो र सहज हुन्छ । त्यही अनुरुप बुध्द एयरले ७२ सिटे जहाज भित्र्याएको हो । यससँगै बुध्द एयरको जहाज संख्या १६ पुगेको छ । जसअनुसार ११ वटा एटीआर–७२, ३ वटा एटीआर–४२ र २ वटा बिचएयरक्राफ्ट जहाज रहेका छन् ।

बुध्द एयर निरन्तर सहज र सरल भाडादरको लागि प्रतिवद्ध छ । गएको जनवरी महिनादेखि अन्तरर्राष्ट्रिय यात्रुतर्फको ‘डलर’ हवाई भाडादर ८० प्रतिशतले घटाएको छ । त्यस्तै नेपालमै ६ महिना अवधि बसाई गरेका अन्तर्राष्ट्रिय नागरिकहरुको हकमा यसअघि ७५ प्रतिशतले बढी रहेको भाडादर पनि घटाएको छ । सस्तिएको भाडादरले पर्यटक भित्र्याउन ठूलो मद्दत गर्ने बुध्द एयरले विज्ञिप्ति मार्फत जनाएको छ । यसबाट पर्यटन क्षेत्रलाई पनि ठूलो टेवा पुग्नेछ ।

नेपाली यात्रुहरुका लागि पनि बुध्द एयरले हवाई उडानलाई सहज र सरल बनाएको छ । सस्तो भाडासँगै उडान संख्या उल्लेख्य मात्रामा वृद्धि गरेको छ, जसअनुसार यात्रुहरु आफ्नो समय अनुकल उडान भर्नसक्छन् । आन्तरिकतर्फ हवाई यात्रा समग्र रुपमै सस्तिएको छ । ‘बुध्द एयर निरन्तर हवाईयात्रालाई सबैको पहुँच बनाएका छन् र यसलाई अझ सहज बनाउन प्रतिवद्ध रहेको’ बुध्द एयरका बजार निर्देशक रुपेश जोशीले बताए । उनले थप ३ वटा जहाज केही महिनामै भित्र्याउने समेत बताए ।

बुध्द एयरले पोखरालाई देशका विभिन्न गन्तव्यसँग सिधा उडान भरिरहेको छ । नेपालगञ्ज, भैरहवा, भरतपुर र सिमराबाट उडान भइरहेको र मार्च १ देखि जनकपुर र धनगढीबाट पनि उडान शुरु गर्न लागेको छ । त्यस्तै मार्चको १५ देखि भद्रपुरबाट पोखरा र विराटनगरबाट भैरहवा उडान भर्ने योजना पनि रहेको जनाएको छ ।

अन्तर्राष्ट्रिय पर्यटकहरु नेपाल आउन आतुर रहेका छन् । पीसीआर परीक्षण र झन्झिटिलो फारमहरुलाई सहजीकरण गर्न बुध्द एयर सम्बन्धित निकायहरुलाई अनुरोध गरेको प्रेस विज्ञप्तिमार्फत पनि जनाएको छ ।


क्लिकमान्डु