वित्तीय अपराधमा संलग्न चिनियाँ नागरिक सहित ३७ जना पक्राउ



काठमाडौं । प्रहरीले बानेश्वरबाट चिनियाँ नागरिकसहित ३७ जनालाई पक्राउ गरेको छ । महानगरिय प्रहरी परिसरले ३७ जनालाई सोमबार पक्राउ गरेको बताइएको छ ।

परिसरका एसएसपी सुदिप गिरीका अुनसार चिनियाँ नागरिक एक जना र नेपाली ३६ जना सहित ३७ जना पक्राउ परेका हुन् ।

कल सेन्टरको आवरणमा अनलाइनबाट जुवा खेलाउने, धम्क्याउने लगाएतका आपराधिक काम गर्ने गरेको पाइएको छ । ३७ जनालाई नै बानेश्वरस्थित लेवन ग्रुप अफ कम्पनीबाट पक्राउ गरिएको एसएसपी गिरीको भनाइ छ । जसमा महिला १३ जना रहेका छन् ।


क्लिकमान्डु