प्राइम बैंकले निक्षेपभन्दा बढी कर्जा दियो, ऋणपत्र जोड्दा पनि सीडी रेसियो ९८.१६ प्रतिशत



काठमाडौं । प्राइम बैंकले निक्षेपभन्दा बढी कर्जा दिएको भेटिएको छ । प्राइम बैंकको माघ मसान्तसम्म निक्षेप १ खर्ब ५८ अर्ब निक्षेप संकलन गरेको छ भने बैंकले माघ मसान्तसम्म १ खर्ब ६२ अर्ब कर्जा दिएको छ ।

बैंकको निक्षेप माघ महिनामा मात्र ४ अर्ब ३२ करोडले घटेको छ भने कर्जा प्रवाह ५२ करोड रुपैयाँले बढेको छ । प्राइम बैंकको माघ मसान्तसम्म ९८.१६ प्रतिशत छ । अहिल राष्ट्र बैंकले ऋणपत्रलाई समेत सीडी रेसियोमा गणना गर्न दिएको कारण ९८.१६ प्रतिशत छ ।

वाणिज्य बैंकहरुले माघ महिनामा मात्र ११ अर्ब ९२ करोड रुपैयाँले कर्जा बढाएका छन् । यस्तै निक्षेप भने १३ अर्ब ४९ करोडले घटेको छ । नेपाल राष्ट्र बैंकले तोकेको भन्दा कर्जा निक्षेप अनुपात वाणिज्य बैंकको बढी देखिएको छ । निक्षेपभन्दा बढी कर्जा दिएपछि बैंकहरुको कर्जा निक्षेप अनुपात राष्ट्र बैंकले तोकेभन्दा बढी भएको हो ।

माघ महिनाको तथ्यांक अनुसार औसतमा २७ वटा वाणिज्य बैंकको सिडी रेसियो ९०.९० प्रतिशत रहेको छ । वाणिज्य बैंकहरुले साउनदेखि माघसम्म मात्र ४ खर्ब ३४ अर्ब रुपैयाँले ऋण बढाएका छन् । यस्तै निक्षेप १ खर्ब ९ अर्बले मात्र बढेको छ ।

माघ महिनाको तथ्यांक अनुसार सिडी रेसियो कम हुने बैैंकमा ८२.७६ प्रतिशत रहेर वाणिज्य बैंक छ । यस्तै प्रभु ८४.१५ प्रतिशत छ । सानिमा,सिदार्थ,एनआईसी,नेपाल बैंक तथा नबिल बैंकको सीडी रेसियो ९० प्रतिशतभन्दा कम छ ।

माछापुच्छ्रे तथा लक्ष्मी बैंकको सिडी रेसियो ९० प्रतिशतभन्दा कम छ । ९० प्रतिशतभन्दा बढी सिडी रेसियो बढी हुने बैंकमा सिभिल, नेपाल इन्भेष्टमेन्ट, बैंक अफ काठमाण्डौं, सिटिजन्स बैंक छन् ।


क्लिकमान्डु