बैंकमा लगानीकर्ताको आकर्षण बढ्दा सेयर बजारमा बढोत्तरी, कारोबार रकमले दिएन साथ



काठमाडौं । सेयर बजारमा दोहोरो अंकको सुधार देखिएको छ । बजारमा दोहोरो अंकको सुधार भएपनि कारोबार रकमले भने साथ दिन सकेको छैन ।

यो दिनको कारोबारमा दोहोरो अंकको सु्धार आँउदा कारोबार रकम भने घटेको छ । सोमबारको कारोबारमा लगानीकर्ताको ध्यान बैंकमा धेरै गएको कारोबार तथ्याङकले देखाएको छ । बजार मापन गर्ने सूचक २५.४१ अंकले बढेर परिसूचक २७१८.५१ बिन्दुमा रोकिएको छ ।

सोमबार २२४ कम्पनीको ४९ लाख ९२ हजार ८७९ कित्ता सेयर २ अर्ब ९९ करोड ७६ लाख ८१ हजार ७२ रुपैयाँको सेयर किनबेच भएको छ ।
कारोबारमा सबै समूहको उपसूचकमा सुधार आएको छ ।

बैंकिङ १६.२८, विकास बैंक २२.८२, वित्त कम्पनी २७.२४, जलविद्युत ७२.३९, जीवन बीमा १९.१९, माइक्रोफाइनान्स १२.२७, निर्जीबन बीमा समूहको उपसूचक ३९.०२ अंकले बढेको छ ।


क्लिकमान्डु