मौद्रिक नीति समिक्षाको असरः सेयर बजारमा भारी गिरावट



काठमाडौं । साताको पहिलो दिन आइतबार सेयर बजारमा भारी गिरावट आएको छ ।

यो दिनको कारोबारमा निकै उतार चढाब देखिएको छ । बजार मापन गर्ने सूचक ३९.४० अंकले घटेर परिसूचक २६९३.१० बिन्दुमा रोकिएको छ । बिहीबार राष्ट्र बैंकले मौद्रिक नीतिको समिक्षा गरेको असर बजारमा परेको बताइएको छ ।

नीतिमा मार्जिन प्रकृतिको कर्जाकोजोखिम भारमा पुनरावलोकन गरिने भन्ने उल्लेख छ । जसको असर बजारमा परेको जानकार लगानीकर्ताको भनाइ छ ।

२३० कम्पनीको ७१ लाख २२ हजार २९९ कित्ता सेयर ४ अर्ब ८ करोड ६४ लाख ७४ हजार ८२८ रुपैयाँको सेयर किनबेच भएको छ ।
कारोबारमा अधिकांश समूहको उपसूचकमा गिरावट आएको छ ।

बैंकिङ समूहको २५.७५, विकास बैंक ९१.१५, फाइनान्स ४६.८२, जलविद्युत ३१.८६, जीवन बीमा समूह ३६७.११, माइक्रोफाइनान्स ६६.२५, निर्जीबन बीमा २८०.७५ अंकले घटेको छ ।


क्लिकमान्डु