देशलाई पैसासँग साटन सकिँदैन, नेपालीलाई एमसीसी चाहिँदैनः सांसद पौडेल



काठमाडौं । सांसद दुर्गा पौडेलले देशलाई पैसासँग साटन नसकिने बताएकी छिन् । प्रतिनिधिसभाको बैठकमा उनले यस्तो बताएकी हुन् ।

बैठकमा उनले सरकारले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) संसदमा टेबल गरेर आफ्नो सार्वभौमिकता पैसासँग साटन लागेको आरोप लगाइन ।

उनले नेपालीलाई कुनै पनि देशको दमन, दबाब स्वीकार्यन हुने भन्दै एमसीसी नेपालीलाई नचाहिने बताइन् । उनले एमसीसी सूचीबाट खारेज गर्न आग्रह गरिन ।

बैठकमा सांसद प्रेम सुवालले, एमसीसी उपाध्यक्ष फत्तिमा सुमारले प्रधानमन्त्री शेर बहादुर देउवा, प्रचण्ड र माधव नेपाललाई फोनबाट धम्क्याएको भएर टेबल भएको आरोप लगाए । ‘फोन गरेर धम्क्याउँदै किन टेबल गर्ने ?’ उनले प्रश्न गरे ‘हाम्रा मन्त्रीहरुले दफा अध्ययन नगरी किन हस्ताक्षर गरेको ?’

उनले अमेरिकी फाँसीबाद र नाताशाह नेपालमा किन आउँदैछ भन्दै प्रश्न गरेका छन् । उनले मन्त्रीलाई अध्ययन नगरी किन हस्ताक्षर गरेको भनेर जवाफ माग्न आग्रह गरेका छन् ।


क्लिकमान्डु