प्रतिनिधिसभा बैठकमा अर्थमन्त्री शर्माले एमसीसी सम्झौताको टेबल गर्ने



काठमाडौं । आइतबार बसेको प्रतिनिधिसभाको बैठकमा अर्थमन्त्री जनार्दन शर्माले अमेरिकी सहयोग परियोजना (एमसीसी) सम्झौताको टेबल गर्ने भएका छन् ।

संघीय संसदबाट जारी कार्यसूचीमा मन्त्री शर्माले अर्थमन्त्री जनार्दन शर्माले एमसीसी अनुमोदनका लागि टेबल गर्ने उल्लेख छ ।

आइतबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले प्रतिनिधिसभा बैठकमा एमसीसी सम्झौता टेबल गर्ने निर्णय भएको छ ।


क्लिकमान्डु