पेट्रोलियम पदार्थको मूल्य बढ्यो, पेट्रोल १४५ तथा डिजेल १२८ पुग्यो



काठमाडौं । नेपाल आयल निगमले आइतबारदेखि लागू हुने गरेर पेट्रोलिय पदार्थको मूल्य बढाएको छ ।

निगमले पेट्रोल र डिजेलको मूल्य लिटरमा ३ रुपैयाँले बढाएको हो । अब पेट्रोलको मूल्य १४५ तथा डिजेलको मूल्य १२८ पुगेको छ ।

आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढेको कारण निगमलाई घाटा बढ्दै गएको कारण मूल्य बढाएको जनाएको छ ।


क्लिकमान्डु