अब मेरो सेयर नवीकरण निःशुल्क गर्न सकिने



काठमाडौं । खल्ती एपबाट मेरो सेयर निःशुल्क नवीकरण गर्न सकिने भएको छ ।

खल्ती डिजिटल वालेटले निःशुल्क मेरो सेयर खाता नवीकरण अफर ल्याएको छ । यो अफर अन्तर्गत मेरो सेयर खाता नवीकरण गर्न छुटेकाहरूले मात्र होइन, नवीकरण गरिसकेकाहरूले पनि अर्को वर्षको नविकरण निःशुल्क गर्न सक्नेछन् ।

मेरो सेयर खाता नवीकरणको लागि ५० रुपैयाँ शुल्क लाग्ने गरेको छ । यस अफर अन्तर्गत खल्ती मार्फत भुक्तानी गर्दा भने १०० प्रतिशत क्यासब्याक प्राप्त गर्न सकिने छ ।

यसमा अधिकतम क्यासब्याक १ वर्षको नवीकरण रहेको छ तर प्रयोगकर्ताहरूले आगामी पाँच वर्षसम्मको लागि आफ्नो अकाउन्ट नवीकरण गर्न सक्नेछन् । प्रत्येक खल्ती आइडीले यो अफर एक पटक मात्र लिन सक्नेछन् । यो अफर चैत २ गते सम्म लागू हुनेछ।


क्लिकमान्डु