अर्थतन्त्र संवेदनशिल अवस्थामा छः परिसंघ अध्यक्ष अग्रवाल



काठमाडौं । नेपाल उद्योग परिसंघका अध्यक्ष बिष्णु कुमार अग्रवालले नेपालको अर्थतन्त्र निकै संवेदनशिल अवस्थामा पुगेको बताएका छन् ।

नेपाल आर्थिक पत्रकार समाज (सेजन)सँगको भेट उनले नेपालको अर्थतन्त्र निकै कठिक अवस्थाबाट गुज्रिरहेको भन्दै यहिबेला तरलताको समस्या निकै बढेको र बैंक ब्याजदर पनि बढ्दा समस्या झनै विकाराल बनेको बताए ।

‘अहिले देशमा भुक्तानी सन्तुलनको समस्या छ, निजी क्षेत्रलाई चारैतिबाट प्रहार भइरहेको छ’ उनले भने ‘कोरोनाबाट निस्कदै गर्दा सरकारले लिएको नीति, आयातलाई निरुत्साहित गर्ने, एलसी, वैदेशिक विनिमयमा कन्ट्रोल गरेको छ ।’

यसले अर्थतन्त्रमा कालान्तरमा निकै असर पर्ने उनको भनाइ छ ।

सरकारले औद्योगिकरण बनाउने भइरहेको, जुन आर्थिक वृद्धि गर्ने भनेको छ त्यस अनुसार नीति र व्यवहारिक काम नभएको अग्रवालको बुझाइ छ ।

‘पछिल्लो समय राज्यले गरेको कृयाकलापले अर्थतन्त्रलाई खुम्च्याउने काम गरिरहेको छ’ उनले भने ‘यस विषयमा सरकारले समयमा नै सोच्न आवश्यक छ, अहिले सरकारले लिएको बाटो गलत छ ।’

यो बेला सरकार वैदेशिक लगानी भित्र्याउने, विप्रेषण बढाउन सरकारले लाग्नुपर्ने उनको सुझाव रहेको छ ।

अझै पनि साना तथा मझौला उद्योगी, पर्यटन व्यवसाय कोरोनाका कारण उठन नसकेको उनको तर्क छ ।

यस्तो बेलामा पनि सरकारले विभिन्न माध्यमबाट नीति क्षेत्रलाई निरुत्साहित काम गरेको उनको बुझाइ छ । यो बेलामा उद्योगी व्यवसायीको मनोबल बढ्ने गरी काम गर्न सरोकारवाला निकायलाई आग्रह गरेका छन् ।

अहिले निजी क्षेत्रले सबैको साथ र सहयोग खोजेको उनको भनाइ छ ।


क्लिकमान्डु