एक हजारका २९४ थान नक्कली नोटसहित ४ जना पक्राउ



काठमाडौं । नक्कली नोटको कारोकारमा संलग्न ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीले काठमाडौं महानगरपालिका–१६ नयाँ बजार मेडिकल चोक एरियाबाट १ हजार दरका २९४ थान नक्कली नेपाली नोट सहित ४ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा काठमाडौं नयाँ बजार बस्नेहरू रौतहट गौर नगरपालिका–१२ घर भएका २८ वर्षीय पृथ्वी प्रसाद साह, रौतहट राजपुर नगरपालिका–३ घर भएका २७ वर्षीय मोहम्मद मुसरफ अली, रौतहट राजपुर नगरपालिका–६ घर भएका ३० वर्षीय असरफ अली सहिद र रौतहट गौर नगरपालिका–९ घर भएका २८ वर्षीय महमद शम्साद आलम रहेका छन् ।

उक्त स्थानमा नक्कली नोटको अवैध कारोबार भइरहेको भन्ने सूचनाको आधारमा महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरीले उक्त परिमाणको नक्कली नेपाली नोट सहित फेला पारी उनीहरुलाई पक्राउ गरेको हो । उक्त घटनामा अनुसन्धान भइरहेको उक्त महाशाखाले जनाएको छ ।


क्लिकमान्डु