भैरहवा विमानस्थलमा फागुन ६ देखि १५ गतेसम्म क्यालिब्रेसन उडान हुने



काठमाडौं । भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा फागनु ६ गतेदेखि १५ गतेसम्म क्यालिबर फ्लाइट हुने भएको छ ।

नागरिक उड्डयन प्राधिकरणका अनुसार विमानस्थलमा जडान भएका एनएभी एआईडीएस प्रणाली तथा क्यालिब्रेसन फ्लाइट हुने भएपछि उक्त अवधिमा उडान र अवतरण गर्ने आन्तरिक विमानहरुको समय ढिलाइ हुनेछ ।

यसअघि प्राधिकरण र थाइ एरोसँग क्यालिब्रेसन उडानका लागि सहमति भएको थियो ।


क्लिकमान्डु