सहकारीको सन्दर्भ ब्याजदर तीन दिनभित्र १७% पुर्याउन महासंघको सुझाव (पत्रसहित)




काठमाडौं । राष्ट्रिय सहकारी महासंघले तीन दिनभित्र सहकारीको सन्दर्भ ब्याजदको सीमा अधिकतम १७ प्रतिशत तोक्न सुझाव दिएको छ ।

महासंघका अध्यक्ष मीनराज कडेलका अुनसार यही शुक्रबारभित्र १७ प्रतिशतबाट नघट्ने गरी सन्दर्भ ब्याजदर तोक्न विभागलाई सुझाव दिइएको हो ।

मंगलबार महासंघका अध्यक्ष मीनराज कडेलसहितले सहकारी विभागका रजिष्ट्रार रुद्रप्रसाद पण्डितलाई भेटी यस्तो सुझाव दिएको हो ।

महासंघले दिएको सुझाव पत्रमा सहकारी संघ संस्थाको आधार ब्याजदरमा बढीमा ६ प्रतिशतसम्म प्रिमियम लिन पाउने गरी अधिकतम सन्दर्भ ब्याजदरको अधिकतम सीमा १७ प्रतिशत तोक्नुपर्ने सुझाव रहेको छ ।


क्लिकमान्डु