बुध्द एयरले अब पोखरादेखि धनगढी र जनकपुरमा पनि उडान गर्ने



काठमाडौं । बुध्द एयरले मार्च १ तारिखदेखि जनकपुरधाम र धनगढीबाट पोखराको सिधा उडान भर्न लागेको छ ।

शुरुमा साताका ३ दिन र त्यसपछि यात्रुको माग अनुसार दैनिक उडान भर्ने योजना रहेको बुध्द एयरको भनाइ छ ।

जनकपुरधाम र पोखरा साताको ३ दिन सोमबार, बिहीबार र शनिवार र त्यसैगरी धनगढीबाट पोखरा आइतबार, बुधबार र शुक्रबारको उडान तालिका बुध्द एयरले आज प्रकाशित गरेको छ ।

सिधा उडानबाट अनावश्यक झन्झटको साथै यात्रुहरुको समय पनि बचत हुने कम्पनीको विश्वास छ ।

यी दुई गन्तव्यको लागि बुध्द एयरको भगिनी संस्था बुध्द होलिडेजले आकर्षक प्याकेज समेत ल्याउने छ ।

यसअघि बुध्द एयरले पोखरादेखि नेपालगञ्ज, भैरहवा, भरतपुर, सिमराका साथै बिराटनगरमा प्रादेशिक उडान सञ्चालन गरिसकेको छ ।


क्लिकमान्डु