सिआईबीले बढायो भर्चुअल, क्रिप्टोकरेन्सीका कारोबारीको निगरानी



काठमाडौं । प्रहरीले भर्चुअल, क्रिप्टोकरेन्सी कारोबार अन्तर्गतको कारोबार व्यवसाय तथा डिजिटल नेटवर्किङ विजनेशमा गैर कानूनी काम गर्नेको निगरानी बनाएको छ ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी)का अनुसार क्रिप्टोकरेन्सी, हाईपरफण्ड तथा डिजिटल नेटवर्किङ लगायतका कारोवार नेपालमा प्रतिबन्ध रहेको भन्दै यसका संलग्नको निगरानी बनाएको जानकारी गराएको छ ।

ब्यूरोका अनुसार विगतमा संलग्नहरु उपर अनुसन्धान गरी कानून बमोजिम कारबाही भइरहेको भन्दै यस्ता काममा नलाग्न सबैलाई आग्रह गरेको छ । ब्यूरोले यस्ता गैर कानूनी कृयाकलापमा संलग्न व्यक्ति वा संस्थाका बारेमा कुनै जानकारी भए सूचना उपलब्ध गराउन समेत भनेको छ ।

यस्ता गैर कानूनी काममा लागेको पाएका नेपाल राष्ट्र बैंक ऐन २०५८ को दफा ९६ अनुसार दण्ड सजाय हुने छ । जसमा विगत जफत गरी बिगोको तीन गुणासम्म जरिवाना वा तीन वर्षसम्म कैद वा दुवै सजाय र बिगो कायम गर्न नसकिने अवस्थामा कसुरको मात्रा हेरी बढीमा १० लाख वा तीन वर्षसम्म कैद सजाय हुने व्यवस्था रहेको छ ।


क्लिकमान्डु