दोस्रो त्रैमासमा नेपाल टेलिकमको खुद नाफा ३ अर्ब ८० करोड, १८.४९% ले वृद्धि



काठमाडौं । नेपाल टेलिकमको खुद नाफा झन्डै ४ अर्ब रुपैयाँले वृद्धि भएको छ । गत वर्षको तुलनामा चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा उक्त नाफा भएको हो ।

चालु आवको दोस्रो त्रैमास (२०७८ पुस मसान्त) मा ६० करोड ८४ लाख ८१ हजारले वृद्धि हुँदै ३ अर्ब ८९ करोड ७८ लाख ७५ हजार खुद नाफा कमाएको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १८.४९ प्रतिशलते वृद्धि हो ।

गत आवकोे द्वितीय त्रैमासिक अवधि (२०७७ पुस मसान्त) सम्मको खुद मुनाफा ३ अर्ब २८ करोड ९३ लाख ९४ हजार रुपैयाँ थियो ।

त्यस्तै, सञ्चालन आयमा पनि वृद्धि भएको छ । गत आवको द्वितीय त्रैमासिक अवधिमा कम्पनीको कुल सञ्चालन आय ९ अर्ब ८ करोड ९५ लाख ७३ हजार रहेकोमा चालु आवको सोही अवधिमा कुल सञ्चालन आय ३४ करोड २३ लाख ४९ हजार अर्थात ३.७७ प्रतिशतले वृद्धि भई ९ अर्ब ४३ करोड १९ लाख २३ हजार पुगेको छ ।

गत आवको द्वितीय त्रैमासिक अवधिमा कुल आय २० अर्ब ५७ करोड ५९ लाख २५ हजार रहेकोमा चालु आवको सोही अवधिमा १ अर्ब ४१ करोड ३२ लाख ६३ हजार अर्थात् ६.८७ प्रतिशतले वृद्धि भइ २१ अर्ब ९८ करोड ९१ लाख ८८ हजार पुगेको छ ।

फोरजी आयोजनाको कार्यान्वयनसँगै यसको पहुँज विस्तार हुँदा समग्र सक्रिय ग्राहक आधार वृद्धि हुन गई मोबाइल डाटा, भ्वाइस, एसएमएस सेवाआदिको उपयोगमा उल्लेख्य वृद्धि हुदा नाफामा वृद्धि भएको टेलिकमको भनाइ छ ।

त्यस्तै, कम्पनीको एफटीटीएच सेवा प्रति ग्राहकको आकर्षणमा वृद्धि भइ एफटीटीएचमार्फत वितरण गरिएको इन्टरनेट सेवा, टेलिफोन सेवा तथा आइपीटीभी सेवाका ग्राहकहरु वृद्धि हुन गइ फिक्स्ड नेटवर्कबाट हुने आयमा समेत सकारात्मक प्रभाव परेको टेलिकमको भनाइ छ ।

कोरोना संक्रमणको महामारीलाई लक्षित गरी कम्पनीबाट ग्राहकलाई उपलब्ध गराएको डाटा प्याकेजबाट प्रत्यक्ष रुपमा राजश्व वृद्धि हुने अवस्था नरहेता पनि कम्पनीका सेवाहरुको गुणस्तर अभिवृद्धि, मर्मत सम्भारमा सुधार जस्ता क्रियाकलापहरुबाट कम्पनीका सेवाहरुप्रति ग्राहकवर्ग आकर्षित हुन सकेको तथा सोही कारणले गर्दा सेवाको उपयोगमा वृद्धि भएको टेलिकमले जनाएको छ ।


क्लिकमान्डु