आरम्भ चौतारी लघुवित्तको लाभांश घोषणा



काठमाडौं । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्थाले लगानीकर्ताको लागि लाभांश घोषणा गरेको छ ।

कम्पनीको मंगलबार बसेको सञ्चालक समितिको बैठकले लाभांश घोषणा गरेको छ । कम्पनीले आर्थिक वर्ष २०७७/०७८ को मुनाफाबाट २१ प्रतिशत बोनस सेयर दिने प्रस्ताव गरेको छ ।

उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृत गरेर कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्ताले पाउनेछन् ।


क्लिकमान्डु