
काठमाडौं । पूर्वगृहमन्त्री रमेश लेखकले आफूलाई प्रतिशोध र पूर्वाग्रहपूर्ण ढंगले पक्राउ गरिएको बताएका छन्।
प्रहरीले उनलाई शनिबार बिहान भक्तपुरको कटुन्जेस्थित निवासबाटै पक्राउ गरेको थियो।
पक्राउपछि काठमाडौं परिसरमा लेखकले भने, ‘मलाई प्रतिशोध र पूर्वाग्रह पूर्णरुपमा पक्राउ गरिएको छ। क्याबिनेट र गृहमन्त्रालयले निर्णय गरेर पक्राउ गरेको छ। यस्तो संसारमा कहीँ हुँदैन।’
मन्त्रिपरिषदको निर्णयबाट मान्छे पक्राउ गर्ने अभ्यास थालेर कानुनको मजाक उडाइएको लेखकले बताए।
उनले आफ्नो पक्राउविरुद्ध राजनीतिक र कानुनी लडाइँ लड्ने पनि बताएका छन्।
‘यो पक्राउविरुद्ध राजनीतिक र कानुनी लडाइँ लड्न म तयार छु,’ लेखकले भने।








प्रतिक्रिया