जनवरीमा भित्रिए १७ हजार विदेशी पर्यटक, भारत र अमेरिकाबाट सबैभन्दा धेरै



काठमाडौं । सन् २०२२ को पहिलो महिना अर्थात् जनवरीमा करिब १७ हजार विदेशी पर्यटन नेपाल भित्रिएका छन् ।

जनवरीमा कुल १६ हजार ९७५ जना विदेशी पर्यटन नेपाल आएका छन् । जबकी सन् २०२१ को जनवरी महिनमा जम्मा ८ हजार ८७४ जना विदेशी पर्यटन नेपाल आएका थिए ।

कोरोना महामारीको पछिल्लो भेरियन्ट ओमिक्रोनको त्रासका बीच पनि भारतबाट ३ हजार ९१६ जना, अमेरिकाबाट ३ हजार २५७ जना, बेलायताट १ हजार ८२४जना, बंगलादेशबाट १ हजार २३६ जना र अष्ट्रेलियाबाट १ हजार २१३ जना विदेशी पर्यटन नेपाल आएका छन् ।


क्लिकमान्डु