म्यादी बीमा गर्नेको संख्या घट्यो, एक महिनामा ६५ हजार बीमालेख जारी



काठमाडौं । वैदेशिक रोजगार ९म्यादी० बीमा गर्नेको संख्या घटेको छ । चालु आवको मंसिर महिनाको तुलनामा पुस महिनामा म्यादी बीमा गर्नेको संख्या १०।६८ प्रतिशतले घटेको हो ।

चालु आवको मंसिर महिनामा ७२ हजार ५५ वटा म्यादी बीमालेख जारी भएका थिए भने पुस महिनामा आइपुग्दा सो संख्या घटेर ६५ हजार १ सय ६० मा सीमित भएको छ ।

वैदेशिक रोजगार ऐनअनुसार वैदेशिक रोजगारीमा जाने सबै नेपालीहरुले अनिवार्यरुपमा वैदेशिक रोजगार ९म्यादी० जीवन बीमा गर्नुपर्ने व्यवस्था छ ।

वैदेशिक रोजगार विभागका अनुसार मंसिर महिनाको तुलनामा पुस महिनामा नेपालबाट रोजगारीका लागि विदेश जाने श्रमिकको संख्या कम छ ।

मंसिर महिनाको तुलनामा पुस महिनामा वैदेशिक रोजगारमा जाने श्रमिकको संख्यामा कमी आए पछि म्यादी बीमा गर्नेको संख्यामा पनि कमी आएको हो ।

वैदेशिक रोजगार विभागका अनुसार मंसिर मसान्तसम्ममा वैदेशिक रोजगारीको लागि श्रम स्वीकृति लिनेको संख्या ७४ हजार ३ सय ५४ जना थियो ।

भने पौष महिनामा ६६ हजार ६ सय २५ जना रोजगारीका लागि विदेशिएको विभागको तथ्यांक छ ।

बीमा समितिले म्यादी बीमामा अस्वस्थ प्रतिस्पर्धा भएको भन्दै पुल प्रणाली लागू गर्न निर्देशन दिएको थियो । सोही व्यवस्था बमोजिम कम्पनीहरुको सहमति अनुसार पुल प्रणाली लागू गर्दै बीमालेख जारी हुँदै आएको छ ।

बीमा कम्पनीहरुले २०७५ माघ १ गतेदेखि पुलमार्फत बैदेशिक रोजगार म्यादी जीवन बीमा जारी गर्दै आएका छन् ।

सबैभन्दा धेरै बीमालेख जारी गर्नेमा सन् लाइफ

चालु आवको लागि चार जीवन बीमा कम्पनी सिटिजन लाइफ, ज्योति लाइफ, नेपाल लाइफ र सन नेपाल लाइफले पुल संचालकको रुपमा रहेका छन् ।

वैदेशिक रोजगार विभागद्धारा जारी उपलब्ध तथ्यांकअनुसार चालु आवको पुस महिनामा यी कम्पनीले ६५ हजार १ सय ६० वटा म्यादी बीमालेख जारी गरेका छन् ।

यस अवधिमा सबैभन्दा धेरै वैदेशिक रोजगार बीमालेख सन नेपाल लाइफ इन्स्योरेन्सले जारी गरेको देखिन्छ । कम्पनीले पुस महिनामा ४३ हजार १४५ वटा बीमालेख जारी गरेको छ । मंसिर महिनामा कम्पनीले ४४ हजार ५१० वटा बीमालेख जारी गरेको थियो ।

सन् नेपाल लाइफ पछि ज्योति लाइफ इन्स्योरेन्सले १४ हजार २ सय ९४ वटा बीमालख जारी गरेको छ । मंसिर महिनामा कम्पनीले १८ हजार ७५ वटा बीमालेख जारी गरेको थियो ।

यस्तै, सिटिजन लाइफ इन्स्योरेन्सले ९ हजार ४ सय ६७ वटा बीमालेख जारी गरेको छ । मंसिर महिनामा कम्पनीले ७ हजार ७२० वटा बीमालेख जारी गरेको थियो भने नेपाल लाइफ इन्स्योरेन्सले सबैभन्दा थोरै बीमालेख जारी गरेको छ । पुस महिनामा कम्पनीले १ वटा बीमलेख मात्रै जारी गरेको छ । मंसिर महिनामा कम्पनीले ३ वटा बीमालेख जारी गरेको थियो ।


क्लिकमान्डु