यति वर्ल्डका अध्यक्ष लाक्पा सोनम शेर्पा गरे अकोन्कागुवा हिमाल आरोहण



काठमाडौं । यति वर्ल्डका अध्यक्ष लाक्पा सोनम शेर्पाले अर्जेन्टिनाको ६ हजार ९६२ मिटर उचाइको अकोन्वागुवा हिमालको सफल आरोहण गरेका छन् ।

शेर्पाले जनवरी २४ तारिख विहान ११ः३० बजेट हिमालको आरोहण गरेका हुन् ।

दक्षिण अमेरिकाको सबैभन्दा अग्लो हिमाल आरोहण गरेका शेर्पाले अबको लक्ष्य सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने लक्ष्य लिएका छन् ।

शेर्पाले हालसम्म सेभेन समिट अन्तर्गतका ६ वटा हिमाल आरोहण गरिसकेका छन् ।

हालसम्म शेर्पाले अन्टार्टिकाको माउन्ट भिजन (४८९२ मिटर), ओसियानाको पुन्काक/माउन्ट कार्सटेन्स (४८८४ मिटर), युरोपको माउन्ट एलबुर्स (५६४२ मिटर), अफ्रिकाको किलिमञ्जारो (५८९५ मिटर), नर्थ अमेरिकाको डेनाली (६१९० मिटर) र दक्षिण अमेरिकाको अकोन्वागुवा (६९६२ मिटर) हिमाल आरहोण गरिसकेका छन् ।


क्लिकमान्डु