पोखराको वर पीपल रिसोर्टको विन्टर अफर, २०% छुट र नि:शुल्क एयरपोर्ट पिक एण्ड ड्रप



पोखरा । कोभिड कहर बिचमै शुरु भएकाे पोखराको वर पीपल रिसोर्टले सिधा बुकिङ गर्ने पाहुनालाई लक्षित गर्दै २०% छुटसहित  ‘विन्टर अफर’ घोषणा गरेको छ । 

अफरमा एयरपाेर्टदेखि रिसोर्टसम्म पिक एन्ड  ड्रपको समेत नि:शुल्क सुबिधा रहेको वर पिपल रिसोर्टका संचालक जितु गुरुङले बताए ।

कर्पोरेट ट्राभलर र बिजनेस ट्राभलरलाई थप छुट साथै एक्सप्रेस चेक इन र चेक आउट सुबिधा रहेको छ ।

लेकसाइडकै नजिक उँचो ठाउँमा निर्माण भएकाले रिसोर्टबाट फेवाताल, लेकसाइड, शान्ति स्तुपा, सराङकोट, प्याराग्लाइडिङ तथा वरपरको आकर्षक दृश्यावलोकन गर्न सकिन्छ । नेपालीपन झल्काउने गरी निर्माण गरिएको रिसोर्टमा खानामा पनि ‘सर्भिङ नेपाली टेष्ट’ नाराका साथ नेपाली स्वाद पस्किने गरेको गुरुङ बताउँछन् ।

रिसोर्टको इन्फिनिटी स्विमिङ पुल युवाहरुको खास आकर्षणको केन्द्र बनेको छ । स्पा, साउना समेत रहेको रिसोर्टमा क्याम्प फायर, पार्टी समेत गर्न सकिन्छ भने प्रशस्त पार्किङको पनि सुविधा छ ।

पछिल्लो समय रिसोर्ट आउट डोर पार्टीको उत्कृष्ट गन्तव्य बनेको गुरुङ बताउँछन् ।

हनिमुन, बर्थ डे, एनिभर्सरी तथा चाडवाडलाई यादगार बनाउन रिसोर्टले छुट सहितका आकर्षक प्याकेज बनाउने गरेको छ ।

डिलक्स, सुपर डिलक्स र स्विट गरी ४० वटा कोठा रहेको रिसोर्टमा कन्फ्रेन्स हल र रेष्टुराँको सुबिधा छ । रिसोर्ट शान्त वातावरणमा भएकाले कलाकार, युवा पुस्ता, परिवारसँगै आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा परेको गुरुङ बताउँछन् ।

रिसोर्ट होटल म्यानेजमेन्ट पढ्ने विद्यार्थीहरुको अवलोकन भ्रमणको रोजाइ समेत बन्न सफल भएको छ । बढी मात्रामा काठ र ढुंगाको प्रयोग गरेर निर्माण गरिएको रिसोर्टको सबै कोठामा बाल्कोनी छ । करिब १० रोपनी जग्गामा  रहेको रिसोर्ट लेकसाइडको स्ट्रिट नम्बर २८ मा रहेको छ ।


क्लिकमान्डु