कुन वाणिज्य बैंकले कर्मचारी बोनसका लागि कति रकम छुट्याए ?
काठमाडौं । चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा वाणिज्य बैंकले आफ्ना कर्मचारीलाई ५ अर्ब २५ करोड १७ लाख ८८ हजार रुपैयाँ रकम बोनसको लागि छुट्याएका छन् ।
बैंकले हरेक आर्थिक वर्ष सकिएपछि दिने भएपनि प्रत्येक त्रैमासमा यस्तो रकम छुट्याएर राख्नुपर्छ ।
चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा २६ वटा वाणिज्य बैंकले उक्त रकम छुट्याएका छन् । हिमालयन बैंकको तथ्याङक भने यहाँ समावेश गरिएको छैन ।
चालु आवको ६ महिनामा कर्मचारीलाई सबैभन्दा बढी छुट्याउने बैंकमा ग्लोबल आइएमई छ । बैंकले ४० करोड ८८ लाख ८७ हजार रुपैयाँ छुटयाएको छ ।
बोनसको लागि सबैभन्दा कम रकम छुट्याउने बैंकमा सिभिल बैंक रहेको छ । बैंकले सबैभन्दा कम ८ करोड १३ लाख ५९ हजार रुपैयाँ छुट्याएको छ ।
कर्मचारीलाई दिने बोनसका लागि धेरै रकम छुट्याउने दोस्रो बैंकमा एनआईसी एशिया बैंक रहेको छ ।
बैंकले चालु आवको दोस्रो त्रैमासमा आइपुग्दा बैंकले कर्मचारीको बोनसका लागि ३८ करोड १२ लाख ८० हजार रुपैयाँ छुट्याएको छ भने नबिल बैंकले ३४ करोड ६३ लाख २ हजार, राष्ट्रिय वाणिज्य बैंकले ३० करोड ४६ लाख ८३ हजार रुपैयाँ कर्मचारीको बोनसका लागि छु्ट्याएको छ ।
कर्मचारीको बोनसका लागि २० देखि ३० करोडको बिचमा रकम छुट्याउनेमा ७ वटा बैंक रहेका छन् ।
ती बैंकमा एनएमबिले २६ करोड ९३ लाख ७७ हजार, प्राइमले २६ करोड ७७ लाख ५० हजार, नेपाल इन्भेष्टमेन्ट बैंकले २५ करोड ७८ लाख २९ हजार, सिद्धार्थ बैंकले २५ करोड २४ लाख ४ हजार, कृषि विकास बैंकले २३ करोड १९ लाख १ हजार, मेगा बैंकको २२ करोड २५ लाख ७२ हजार रुपैयाँ र प्रभु बैंकले २० करोड ४५ लाख ८४ हजार रुपैयाँ छुट्याएका छन् ।
यस्तै बाँकी बैंकले कर्मचारीको लागि १० करोड रुपैयाँ भन्दा कम रकम छुट्याएको छ ।
सिटिजन्स बैंकले १९ करोड ५१ लाख ९६ हजार, नेपाल बैंकले १८ करोड ७३ लाख २८ हजार, स्टयान्डर्ड चार्टर्ड बैंकले १७ करोड २५ लाख ३ हजार, सानिमा बैंकले १६ करोड ८१ लाख ३६ हजार, माछापुच्छे्रे बैंकले १६ करोड ४ लाख ४९ हजार, कुमारी बैंकले १५ करोड २६ लाख २९ हजार रुपैयाँ छुटाएका छन् ।
साथै, एनसीसी बैंकले १४ करोड ७ लाख ५७ हजार, एभरेष्ट बैंकले १३ करोड ३१ लाख ६२ हजार, लक्ष्मी बैंकले १२ करोड ५८ लाख ५ हजार, नेपाल एसबीआई बैंकले १२ करोड ४२ लाख ५१ हजार रकम छुट्याएका छन् ।
नेपाल बंगलादेश बैंकले ११ करोड ८७ लाख ९५ हजार, सनराइज बैंकले ११ करोड ८३ लाख ७८ हजार, सेञ्चुरी बैंकले ११ करोड ४६ लाख २९ हजार र बैंक अफ काठमाण्डूले कर्मचारीको बोनसका लागि ११ करोड ८ लाख ४१ हजार रुपैयाँ रकम छुट्याएको छन् ।