बुद्ध होलिडेजको भ्यालेन्टाइन अफर, ७ हजारमा दुईतर्फी टिकट र बेड एण्ड ब्रेकफास्ट



पोखरालगायत देशका विभिन्न गन्तव्यहरुको होलिडेज प्याकेजमा छुटैछुट

काठमाडौं । कोभिडको तेस्रो लहरपछि सुस्ताएको पर्यटन क्षेत्रलाई गतिशिल बनाउन बुध्द एयरको भगिनी संस्था बुध्द होलिडेजले विभिन्न आकर्षक होलिडे प्याकेजहरु ल्याएको छ ।

पहिलो चरणका लागि पोखरा र भरतपुरलाई छनौट गरिएको छ । विस्तारै देशका अन्य पर्यटकीय गन्तव्यहरुमा सजिलो र सहज होलिडे प्याकेजहरु ल्याइने बुध्द एयर तथा होलिडेजका सिनियर एक्जुकेटिभ म्यानेजर पराशरजंग पाण्डेले बताए ।

बुध्द होलिडेजले अहिलेसम्म ३८०० स्वदेशी तथा विदेशी नागरिकलाई पोखरालगायत विभिन्न गन्तव्यको होलिडे प्याकेजमार्फत सेवा पु¥याएको छ ।

युवा वर्गलाई लक्षित गरी ल्याइएको यस होलिडे प्याकेजमा दुईतर्फी हवाई टिकट, पोखरामा एयरपोर्ट पिकअप–ड्रप, ट्वीन शेयरिङ एसी रुम र बिहानको ब्रेकफास्ट समावेश गरिएको छ ।

यो अफर फेब्रअरीको १५ तारिखसम्म हुनेगरी लागू गरिएको छ । संक्रमणरहित होलिडे प्याकेजका लागि यात्रुवर्गले पनि स्वास्थय मापदण्ड अपनाई प्याकेजको आनन्द लिन आग्रह गरेको छ ।

काठमाडौंबाट पोखराका घुम्न जानेका लागि प्रतिव्यक्ति ६ हजार ९९९ रुपैयाँ र चितवन घुम्न जानका लागि ९ हजार ९९९ रुपैयाँ तोकिएको छ ।

साथै, भैहरवादेखि पोखरा घुम्न जानेका लागि प्रतिव्यक्ति ७ हजार ९९९ रुपैयाँ र चितवनदेखि पोखरा घुम्न जानेका लागि ७ हजार ९९९ रुपैयाँ तोकिएको छ । साथै, सिमरादेखि पोखरा घुम्न जानेका लागि ८ हजार ९९९ रुपैयाँ र नेपालगञ्जदेखि पोखरा घुम्न जानेका लागि ९ हजार ९९९ रुपैयाँ तोकिएको छ ।


क्लिकमान्डु